‘पाँच पाण्डव’ बारे भयो सहमति, कात्तिक २० मै रिलिज हुने

‘पाँच पाण्डव’ बारे भयो सहमति, कात्तिक २० मै रिलिज हुने


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० कार्तिक २०८३
  • 437
    Shares

काठमाण्डौ, १९ कार्तिक २०८३।

वसन्त निरौला निर्देशित फिल्म ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मिति कात्तिक २० गते नै प्रदर्शन हुने भएको छ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चारमन्त्री विक्रम तिमल्सिना, निर्माण टिम र केन्द्रीय चलचित्र जाँच समितिबीच भएको छलफलबाट प्रदर्शन नरोक्ने सहमति भएको हो।

समितिका सदस्य मनोज पण्डितका अनुसार मन्त्री तिमल्सिनाले फिल्म रोक्ने नियत नरहेको बताएका छन्। निर्माण टिमले पनि प्रेस विज्ञप्ति जारी गर्दै फिल्म देशभरका हलमा यथावत रिलिज हुने र कुनै पनि धर्मप्रति चोट पुर्याउने उद्देश्य नरहेको स्पष्ट पारेको छ।

बुधबार नै फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको थियो।

विवाद के थियो ?
फिल्मको ‘राजा चाहिया छ’ बोलको आइटम गीतमा टिकटकर इभा गिरीको ग्ल्यामरस अवतार र उनलाई पहिले द्रौपदीको रुपमा चिनाइएको भन्दै सामाजिक सञ्जालमा बहिष्कारको ट्रेन्ड चलेको थियो। निर्देशक निरौलाले गीतकी पात्र महाभारतकी द्रौपदी नभएको बताउँदै आएका छन्।

विवाद बढेपछि नेपालगन्जमा हल तोडफोडको धम्की आएको भन्दै गृहसचिव केदारनाथ शर्माले समेत चासो दिएका थिए। त्यसपछि मन्त्रालयमा छलफल भएको हो।

हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला र इभा गिरीको अभिनय रहेको फिल्मका लेखक सुशील पौडेलका अनुसार यो सोसल ड्रामा हो, जसले पाँच पाण्डवको बिम्बमार्फत समकालीन नेपाली समाजको कथा भन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार