सर्बोच्चमा दर्ता भएन कार्कीको रिट : तिहारपछि मात्र सुनुवाइ हुने

सर्बोच्चमा दर्ता भएन कार्कीको रिट : तिहारपछि मात्र सुनुवाइ हुने


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० कार्तिक २०८३
  • 361
    Shares

काठमाण्डौ, १९ कार्तिक २०८३।

आफूलाई गैरकानूनी रूपमा आईजीपीबाट हटाइएको दाबी गर्दै दानबहादुर कार्कीले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाइ तिहारपछि मात्र हुने भएको छ।

बिहीबार दायर गर्न खोजिएको रिट सर्वोच्चमा दर्ता हुन सकेन। सर्वोच्चका कर्मचारीले कानुन व्यवसायीलाई ‘अध्ययनकै क्रममा रहेकाले दर्ता हुन नसकेको’ जानकारी दिएका छन्।

निवेदन दर्ता भएको भोलिपल्ट पेसी तोक्ने चलन अनुसार शुक्रबार दर्ता भएपनि तिहार बिदा सुरु हुने भएकाले प्रारम्भिक सुनुवाइ तिहारपछि मात्र हुनेछ।

यसअघि सरकारले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको थियो, तर उनले सो पत्र बुझेका छैनन्।

प्रतिक्रिया
सम्बन्धित समाचार