आईजीपीबाट हटाइएका कार्की ‘विशेष सुरक्षा सल्लाहकार’ बन्न गएनन्, सर्वोच्च गए

आईजीपीबाट हटाइएका कार्की ‘विशेष सुरक्षा सल्लाहकार’ बन्न गएनन्, सर्वोच्च गए


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० कार्तिक २०८३
  • 342
    Shares

काठमाण्डौ, १९ कार्तिक २०८३।

नेपाल प्रहरीका महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्की सरकारले सिर्जना गरेको ‘विशेष सुरक्षा सल्लाहकार’ पदमा हाजिर हुन गएनन्।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर डा. मनोजकुमार केसीलाई नियुक्त गरेको थियो। कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहने गरी विशेष सुरक्षा सल्लाहकारको नयाँ दरबन्दी सिर्जना गरिएको थियो।

तर, बिहीबार पत्र बुझ्न उनी सिंहदरबार गएनन्। बरु सरकारविरुद्ध रिट लिएर उनी सर्वोच्च अदालत गएका छन्।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार उनको लागि कार्यालय व्यवस्थापन गरिएको छ। स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयको कोठा नम्बर २०७ मा उनको कार्यकक्ष तोकिएको छ र नेपाल सरकारको सचिवसरहको सुविधा दिने तयारी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार