भारतको जम्मू-कश्मीरमा भारतीय प्रहरीको स्पेशल अपरेशनमा संलग्न दुई जवानहरुको गोली हानी हत्या

भारतको जम्मू-कश्मीरमा भारतीय प्रहरीको स्पेशल अपरेशनमा संलग्न दुई जवानहरुको गोली हानी हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ कार्तिक २०८३
  • 171
    Shares

जम्मू-कश्मीर, २६ कार्तिक २०८३ ।

भारत नियन्त्रित जम्मू-कश्मीरको किश्तवाड जिल्लामा बिहीबार बिहान दुई बेपत्ता स्पेसल पुलिस अफिसर (एसपीओ) गोली लागेको अवस्थामा मृत फेला परेका छन्।

दैनिक जागरणले लेखेको समाचार अनुसार , दुर्गम दच्छन इलाकाबाट बरामद भएका शव ५७ वर्षीय बबी चन्द र ४५ वर्षीय रशपाल कुमारका हुन्। दुवै जना प्रहरीको स्पेसल अपरेसन ग्रुप (एसओजी) मा कार्यरत थिए र दच्छनको कियार गाउँमा पोस्टिङ थियो।

बुधबार क्याम्पबाट धरना-मरुवाहस्थित सेनाको पोस्टतर्फ जाँदै गर्दा उनीहरू बेपत्ता भएका थिए।

शव फेला परे पनि दुवैको सर्भिस राइफल भने फेला परेको छैन। घटनामा आतंककारीको संलग्नता हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरू बेपत्ता भएको क्षेत्र आतंककारीको प्रभाव भएको क्षेत्र मानिन्छ।

यसैबीच, गान्दरबलमा बुधबार राति आतंककारीको समूह देखिएको सूचनापछि सुरक्षाकर्मीले खोजतलास अभियान चलाएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार