गोरखामा रोकिराखेको ट्याक्सी ४० मिटर तल खस्यो : पाँच घाइते, दुईको अवस्था गम्भीर

गोरखामा रोकिराखेको ट्याक्सी ४० मिटर तल खस्यो : पाँच घाइते, दुईको अवस्था गम्भीर


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ कार्तिक २०८३
  • 171
    Shares

गोरखा, २६ कात्तिक २०८३ ।

गोरखामा रोकिराखेको ट्याक्सी ४० मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा दुईजना गम्भिर्साहित पांच जना घाइते भएका छन।

जिल्लाको सिरानचोक गाउँपालिका-२ सिउरेनीमा रोकिराखेको बागमती प्रदेश ०१-००२ ज ७६८८ नम्बरको ट्याक्सी मंगलबार बिहान करिब ११:३० बजे अचानक ब्याक भएर सडकबाट करिब ४० मिटर तल खस्दा चालकसहित पाँच जना घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

उक्त दुर्घटनामा परेर सिरानचोक-२ मैपतेकि ३२ वर्षीया मञ्जु परियार र सोही ठाउँकी ५० वर्षीया गितामाया परियारको अवस्था गम्भीर छ भने ट्याक्सी चालक सिरानचोक-५ भाँगेका ४० वर्षीय बीरबहादुर गुरुङ, सिरानचोक-२ मैपतेका २० वात्शीय अञ्जना अछामी र सोही ठाउँका ३० वर्षीया गीता परियार पनि घाइते भएका छन्। घाइते सबैको उद्धार गरेर प्रदेश अस्पताल गोरखा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनाको जानकारी पाउनासाथ अस्थायी प्रहरी पोस्ट चित्रेपोखरीबाट प्रहरी हवल्दार होमबहादुर रानाको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार