भारतीय नागरिक मृत फेला, हत्याको आशंका

भारतीय नागरिक मृत फेला, हत्याको आशंका


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २७ पुष २०७३
  • 7.1K
    Shares

भारतीय नागरिक सागर अन्सारी पोखराको ड्यामसाईडस्थित तितेपानीमा मृत अवस्थामा फेला परेका छन् । भारतको बिहार घर भई हाल पोखरा १७ बराल फिड पछाडि बस्ने ३६ वर्षीय अन्सारीको शव तितेपानी झोलुङगो पुल नजिकै कुलोमा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीका अनुसार मृत अन्सारीको टाउकोको पछाडि भागमा गहिरो चोट लागेको छ । उनले अन्सारीको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको बताए । कसैले पछाडिबाट हानेको हुन सक्ने डिएसपी खत्रीको भनाइ छ ।

पोखरामा ठेक्कापट्टा सम्बन्धी काम गर्दै आएका अन्सारी मृत फेला परेपछि उनका भिनाजुले किटानी जाहेरी दिएका छन् । जाहेरी प्राप्त भएसँगै अनुसन्धान तीव्र बनाइएको डिएसपी खत्रीले बताए ।

प्रतिक्रिया