फेरि आयो चीनबाट चेतावनी : भोटेकोशीमा पुनः बाढी बढ्यो, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

फेरि आयो चीनबाट चेतावनी : भोटेकोशीमा पुनः बाढी बढ्यो, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ भाद्र २०८३
  • 2K
    Shares

bhotekoshi flood, भोटेकोशी बाढी

पोखरा, १२ भदौ २०८३।

चीनतर्फबाट प्राप्त सूचनाअनुसार रसुवास्थित भोटेकोशी नदीमा पुनः बाढीको सतह बढेको छ। बाढी बढेपछि त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाले भदौ १२ गते राति ८ः५४ बजे सूचना जारी गर्दै स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्मका बासिन्दालाई अर्को सूचना नआएसम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।

महाशाखाले त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नदीको बहाव र जलसतहमा हुन सक्ने थप वृद्धिलाई मध्यनजर गर्दै आवश्यक सावधानी अपनाउन तथा जोखिमयुक्त स्थानमा रहेकाहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।

भोटेकोशीमा बाढी बढेसँगै त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढ्न सक्ने भएकाले स्थानीय प्रशासन तथा सुरक्षा निकायले निरन्तर निगरानी गरिरहेका छन्।

बाढीको अवस्था तथा जोखिमबारे थप सूचना जारी गरिने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया