पोखरा, १२ भदौ २०८३।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२, छेपेखोलास्थित मध्यपहाडी लोकमार्गमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।
भुलभुलेबाट दिक्तेलतर्फ आउँदै गरेको ना.५ त ४५५५ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा एक जना बालकको मृत्यु भएको हो भने ३३ जना घाइते भएका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ का १४ वर्षीय दिवश परियारको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा ट्याक्टरमा सवार तथा मेला हेर्न जाँदै गरेका मानिसहरू घाइते भएका हुन्। दुर्घटनामा घाइते भएका ३३ जनामध्ये १९ जनालाई थप उपचारका लागि काठमाडौंस्थित केएमसी अस्पताल पठाइएको छ। बाँकी १४ जना घाइतेको स्थानीय स्तरमै उपचार गरिएको र सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न ट्याक्टर घटनास्थलमै रहेको छ भने त्यसलाई हटाउने पहल भइरहेको छ।
ट्याक्टर चालक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–७ बस्ने २३ वर्षीय रिनिमा शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय खोटाङमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
थप उपचारका लागि काठमाडौं पठाईएका घाईतेहरुको नामावलि :-
१.जिल्ला खोटाङ दिक्तेल रुपाकोट मझुवागढी न.पा.- ५ लफ्याङ बस्ने बर्ष-४५ को सबिन तिरुवा, शरिरको बिभिन्न भागमा चोट, अबस्था गम्भिर ।
२) ऐ.ऐ. बस्ने बर्ष-९ को योनिस बि.क. शरिरको बिभिन्न भागमा चोट, अबस्था गम्भिर ।
३) ऐ.ऐ. बस्ने बर्ष-३५ कि बिमला बि.क. शरिरको बिभिन्न भागमा चोट, अबस्था गम्भिर ।
४)ऐ.ऐ. बस्ने बर्ष -३० को लिला श्रेष्ठ शरिरको बिभिन्न भागमा चोट, अबस्था मध्यम ।
५) ऐ.ऐ. बस्ने बर्ष – ५७ कि लुलादेबि बि.क. शरिरको बिभिन्न भागमा चोट, अबस्था मध्यम ।
६)ऐ.ऐ. बस्ने बर्ष-५० को राजन बि.क. शरिरको बिभिन्न भागमा चोट, अबस्था मध्यम ।
७)ऐ.ऐ. बस्ने बर्ष-५१ को राम ब. बि.क. शरिरको बिभिन्न भागमा चोट, अबस्था मध्यम ।
८) ऐ.ऐ. बस्ने बर्ष-३४ को सिताराम बि.क. शरिरको बिभिन्न भागमा चोट, अबस्था मध्यम ।
९) ऐ.ऐ. बस्ने बर्ष-१८ को मन्दिप तिरुवा शरिरको बिभिन्न भागमा चोट, अबस्था मध्यम।
१०) ऐ.ऐ. बस्ने बर्ष – २३ को नबिन परियार शरिरको बिभिन्न भागमा चोट, अबस्था मध्यम ।
११) ऐ.ऐ. बस्ने बर्ष-१२ को न्युकेश तिरुवा शरिरको बिभिन्न भागमा चोट, अबस्था मध्यम।
१२) ऐ.ऐ. बस्ने बर्ष-३५ को बुडिराम बि.क. शरिरको बिभिन्न भागमा चोट, अबस्था मध्यम।
१३) ऐ.ऐ. बस्ने बर्ष-२१ कि मनिका परियार शरिरको बिभिन्न भागमा चोट, अबस्था मध्यम ।
१४) ऐ.ऐ. बस्ने बर्ष-४० कि बिना परियार शरिरको बिभिन्न भागमा चोट, अबस्था मध्यम।
१५) ऐ.ऐ. बस्ने बर्ष-१४ कि दिपसना परियार शरिरको बिभिन्न भागमा चोट, अबस्था मध्यम ।
१६) ऐ.ऐ. बस्ने बर्ष-१८ कि निशा परियार शरिरको बिभिन्न भागमा चोट, अबस्था मध्यम।
१७)ऐ.ऐ. बस्ने बर्ष-१७ कि चन्द्रकला बि.क. शरिरको बिभिन्न भागमा चोट, अबस्था मध्यम।
१८) ऐ.ऐ. बस्ने बर्ष-१७ को प्रबिन बि.क. शरिरको बिभिन्न भागमा चोट, अबस्था मध्यम।
१९) ऐ.ऐ. बस्ने बर्ष-१६ को युकेश तिरुवा शरिरको बिभिन्न भागमा चोट, अबस्था मध्यम