पोखराबाट गोसाइँकुण्ड तीर्थयात्रामा गएका दम्पती सम्पर्कविहीन, खोजीका लागि आग्रह

पोखराबाट गोसाइँकुण्ड तीर्थयात्रामा गएका दम्पती सम्पर्कविहीन, खोजीका लागि आग्रह


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ भाद्र २०८३
  • 1.2K
    Shares

पोखरा, ११ भदौ २०८३।

पोखराबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका एक जोडी दम्पत्ती सम्पर्कविहीन भएका छन्।

पोखरा महानगरपालिका–१५ काजीपोखरी बस्ने अन्दाजी ३८ वर्षीय छमप्रकाश थापा र उनकी श्रीमती अन्दाजी ३३ वर्षीया मनु बुडा थापा सम्पर्कविहीन भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, कास्कीले जानकारी दिएको छ।

छमप्रकाश र मनु गोसाइँकुण्ड तीर्थयात्राका लागि गएको र त्यसपछि परिवारको सम्पर्कमा नआएको भन्दै छोरी मेलिना थापाले उनीहरुको खोजीका लागि जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, कास्कीमा अनुरोध गरेको प्राप्त समाचारमा जनाइएको छ। उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन आपतकालीन कार्य सञ्चालन केन्द्रमा अनुरोध गरिएको हो।

यसैबीच रसुवाको कैलाश होटलमा काम गर्ने अन्दाजी १८–१९ वर्षीय प्रवीण पुर्जा पनि सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको छ। सिन्धुलीको सुनकोसी घर भएका प्रवीण सम्पर्कमा नआएको भन्दै उनका मामाले सम्बन्धित निकायलाई जानकारी गराएका छन् ।

सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा अवस्थाबारे आवश्यक समन्वय भइरहेको जनाइएको छ। परिवार तथा आफन्तले उनीहरूबारे कुनै जानकारी प्राप्त भएमा सम्बन्धित प्रहरी कार्यालय वा परिवारलाई खबर गरिदिन आग्रह गरेका छन्।

प्रतिक्रिया