पोखरा, १२ भदौ २०८३।
तिब्बततर्फ थुनिएर बनेको तालबाट पानीको ‘ओभरफ्लो’ (अत्यधिक बहाव) रोकिएसँगै चीनतर्फ उद्धार पुनः सञ्चालन गरिएको छ।
चिनीयाँ अधिकारीहरूका अनुसार, चीनतर्फ स्थगित गरिएको उद्धार कार्य पुनः सञ्चालनमा आएको हो।
यसअघि, थुनिएर बनेको उक्त ताल अचानक फुट्न सक्ने र त्यसले तल्लो तटीय क्षेत्रमा ठूलो बाढी निम्त्याउन सक्ने उच्च जोखिमलाई मध्यनजर गर्दै सुरक्षाका कारण केही घण्टाका लागि सम्पूर्ण उद्धार तथा खोज कार्य स्थगित गरिएको थियो।