भारतका केन्द्रीय मन्त्री पासवानको निधन

भारतका केन्द्रीय मन्त्री पासवानको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ असोज २०७७
  • 1.9K
    Shares

पोखरा – भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ ।

केही समयअघि मात्रै मुटुको अप्रेसन गराएका मन्त्री पासवानको दिल्लीमा रहेको एस्कट्र्स अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री थिए ।

९ पटक लोकसभा तथा २ पटक राज्यसभामा सांसद भएका पासवाल दलित आन्दोलनका अगुवाका रूपमा समेत चिनिन्थे । उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया