सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक विजय श्रेष्ठ पक्राउ

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक विजय श्रेष्ठ पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २५ बैशाख २०८३
  • 1.6K
    Shares

पाेखरा, २५ बैशाख २०८३ ।

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक विजय श्रेष्ठ पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बुधबार पक्राउ गरी बिहीबार जिल्ला प्रहरी परिसर ललितपुरको जिम्मा लगाएको हो। ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित उद्योगमा छापा मार्दा तोकिएको मापदण्ड विपरीतका ९०५ कार्टुन तेल बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका श्रेष्ठ छहारी र ओमकार ब्रान्डको सूर्यमुखी तेल उत्पादक कम्पनी ओमकार आयल इन्डस्ट्रिज प्रालिका पनि सञ्चालक हुन्।

श्रेष्ठ संचालक रहेको सूर्यमुखी तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखि प्याकेजिङ्ग गरी बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरी अनुसन्धानका क्रममा तोकिएको मापदण्डभन्दा कम तौल भएको फेला परेपछि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया