बागलुङ/निसिखोलामा जारी गाउँपालिका अध्यक्ष कप अवलोकन गर्न पुगेका टेक बहादुर गुरुङ मृत अवस्थामा फेला परेका छन् ।
निसीखोला गाउँपालिका वडा नं. १, हर्पे, लप्सिबोटका ४३ वर्षीय टेकबहादुर गुरुङ शनिवार अध्यक्ष कप अबलोकन गरि घर र्फकर्ने क्रम्मा साँझ घर नजिकै पाँच सय मिटरको दूरीमा मृत फेला परेको वडाध्यक्ष चन्द्रसिंह रामजाली मगरले जानकारी दिए ।
गाउँपालिकामा जारी पाँचौ निसीखोला गाउँपालिका अध्यक्ष कपको अवलोकन गरेर घर फर्कने क्रममा साँझ स्थानीयले उनले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतकको टाउकोमा चोट देखिएको र शवलाई पोष्टमाटमका लागि बुर्तिबाङ अस्पताल लगिएकोवडाध्यक्ष मगरले बताए । प्रहरीले घटनाकोे अनुसन्धान अगाडि बढाएको जनाएको छ ।