उपाध्यक्ष गौतमको आजै सपथ हुने सम्भावना

उपाध्यक्ष गौतमको आजै सपथ हुने सम्भावना


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ असोज २०७७
  • 2.3K
    Shares

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता भएको छ ।

गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै राष्ट्रियसभामा मनोनयन गर्नेछिन् । राष्ट्रपतिको कार्यालयले गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गरेको सूचना राष्ट्रियसभाको सचिवालयलाई पठाएलगत्तै आजै सपथ हुनेछ ।

गौतमलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सपथ ग्रहण गराउनेछन् । उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा मनोनीत गर्ने सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो ।

प्रतिक्रिया