कोरोना संक्रमित थप आठजनाको निधन भएसँगै हालसम्म संक्रमण भएर निधन हुनेकाे संख्या ९१ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४घन्टामा २ महिला र ६ पुरुषको निधन भएको जानकारी दिएका छन ।
मन्त्रालयका अनुसार धादिङको नीलकण्ठ नगरपालिका– १४ का ३२ वर्षीय पुरुषको मंगलबार ह्याम्स अस्पतालमा निधन भएको हो ।त्यसैगरी काठमाडौं महानगरपालिका– १२ की ७८ वर्षीया महिलाको बुधबार किस्ट मेडिकल कलेजमा निधन भएको मन्त्रालयले जनाएको छ ।
धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका– १ का ७१ वर्षीय पुरुषको उपचारकै क्रममा बुधबार मेडिसिटी अस्पतालमा, जनकपुर उपमहानगरपालिका– ८ की ३८ वर्षीया महिलाको बुधबार पाटन अपतलामा मृत्यु भएको हो ।
सप्तरी डाक्नेश्वरी नगरपालिका– ८ का ७२ वर्षीय पुरुषको पनि निधन भएको छ । मोरङको बुढीगंगा गाउँपालिका– २ का ५५ वर्षीय पुरुषको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार मृत्यु भएको हो ।
त्यसैगरी कपिलवस्तुको कपिलवस्तु नगरपालिका– २ का ४२ वर्षीय पुरुषको बुटवल कोरोना विशेष अस्पतलामा र बारा जिल्ला कलैया उपमहानगरपालिकाका ७५ वर्षीय पुरुषको बुधबार किस्ट मेडिकल कलेजमा निधन भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।