बाँकेमा युवाहरुको दुई समुहबीच झडप, एकको मृत्यु, सामाजिक सद्भाव बिग्रन नदिन धर्मगुरुहरुको आग्रह

बाँकेमा युवाहरुको दुई समुहबीच झडप, एकको मृत्यु, सामाजिक सद्भाव बिग्रन नदिन धर्मगुरुहरुको आग्रह


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २८ मंसिर २०७३
  • 7.8K
    Shares

बाँकेको मटेहिया–४ भगवानपुरमा युवाहरुको दुई समुहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। मृतकको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। सोमबार साँझ भएको झडपमा एक दर्जन बढी घाइते भएको प्रहरीले जनाएको छ। इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदको १४९१ औं जन्मोत्सवका अबसरमा निकालिएको र्यालीमा युवाहरुबीच विवाद हुँदा झडप भएको थियो।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाइ फायरसमेत गरेको थियो। झडपपछि स्थिति नियन्त्रणमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। बाँके प्रहरी प्रमुख एसपी टेकप्रसाद राई र सशस्त्र प्रहरी प्रमुख राजु अधिकारी नेतृत्वमा प्रहरीको टोली घटनास्थल खटिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बाँके प्रहरी प्रमुख एसपी राईले जानकारी दिए।

सामाजिक सद्भाव बिग्रन नदिन धर्मगुरुहरुको आग्रह

यसैबीच. मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउनेक्रममा बॉकेको मटेहियामा भएको झडपलाइ लिएर धार्मिक गुरु र नागरिक अगुवाले सामाजिक सद्भाव बिग्रन नदिन अपिल गरेका छन् । इस्लाम धर्म गुरु मौलना अब्दुल जब्बर मन्जरी, हिन्दु धर्मगुरु महन्थ चन्दननाथ योगी, उद्योग वाणिज्य संघ नेपालगन्जका अध्यक्ष नन्दलाल वैश्य लगायतले आज सामुहिक अपिल गर्दै संयमता अपनाउन आग्रह गरेका हुन । धर्मगुरु र अगुवाले घटनाको छानबिन गरी दोषीलाई कारवाही र घाईतेको निशुल्क उपचार गर्न माग गरेका छन् ।

पैगम्वर मोहम्मदको १४ सय ९१ औं जन्मोत्सव मनाउने क्रममा निस्केकोजुलुसका सहभागी र मटेहियाका केहि बासिन्दाबीच हिजो भएको झडपका क्रममा एक जनाको मृत्यु भएको थियो । १० जना घाईते भएका छन् । अहिले सो क्षेत्रको अवस्था सामान्य बनेको भेरी अञ्चल प्रहरी प्रमुख धिरु बस्न्यातले बताए ।

जिल्ला प्रहरी प्रमुख उपरीक्षक टेकप्रसाद राई र सशस्त्र प्रहरीका उपरीक्षक राजु अधिकारीको नेतृत्वमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालनपछि स्थिती सामान्य अबस्थामा फर्किएको हो । दुईपक्षबीच हिजो सामान्य विषयमा विवाद भएपछि झडपको स्थिती सृजना भएको थियो । स्थिती नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो ।

प्रतिक्रिया