बौद्द्स्तमा रहेको प्रहरी चौकीमा स्थानीयको आक्रमण, ५ प्रहरी घाइते

बौद्द्स्तमा रहेको प्रहरी चौकीमा स्थानीयको आक्रमण, ५ प्रहरी घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २६ मंसिर २०७३
  • 7.9K
    Shares

काठमाडौंको बौद्ध नयाँबस्तीस्थित प्रहरी बिटमा स्थानीयले तोडफोड गरेको छ । सो समुहले प्रहरी बिटमा प्रवेश गरी त्यहाँ पार्किङ गरेर राखिएका ४ ओटा मोटरसाइकल जलाइदिएका छन् ।

यस्तै उनीहरुले बिटभित्र रहेका टिभीका साथै भाँडाकुँडा समेत सडकमा ल्याएर जलाइदिएका छन् ।

३०–४० जनाको समुहका उनीहरुले एकाएक बिटभित्र प्रवेश गरि अराजक गतिविधि गर्न थालेपछि प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ ।

सो क्रममा दुई पक्षीय झडप समेत भएको र सई सञ्जिव नापितसहित ५ प्रहरी घाइते भएका छन् । बिटमा असई विद्याधर चौधरीको कमाण्डमा प्रहरीहरु कार्यरत थिए ।

प्रहरीका अनुसार शनिबार राती नयाँबस्तीकै एक रेष्टुरेन्टमा भएको दुई पक्षीय झडपका क्रममा दोलखा चरिकोटका राजकुमार लामाको मृत्यु भएको थियो । झडपमा ट्याक्सी चालक लामा गम्भीर घाइते भएको र उनको नेपाल मेडिकल कजेल उपचारको क्रममा मृत्यु भएको थियो ।

उनकै आफन्त दोषीलाई कारबाहीको माग गर्दै बिटमा पुगेको र एकाएक तोडफोडमा उत्रिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रबुन्न कार्कीले चौकी तोडफोड भएको पुष्टि गर्दै घटनामा संलग्न १२ जनालाई नियन्त्रणमा लिइएको बताए । यस्तै उनले रेष्टुरेन्ट सञ्चालिका र अर्की एक युवतीलाई पनि पक्राउ गरिएको बताए ।

 दोलखा घर भइ काठमाडौंमै बा २ च २२३ नम्बरको ट्याक्सी चलाउदै आएका २६ बर्षिय लामा अर्का ट्याक्सी चालकसँगको आपसी झगडाका क्रममा घाइते भएपछि उनलाई कुटपिट गर्ने पक्षले नै असपताल पुर्याएको थियो ।
घटनाबारे प्रहरीले छानबिन गर्न आनाकानी गरेको भन्दै स्थानीयले बिटमाथि आक्रमण गरेका हुन् ।प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया