गुँरासेमा ट्रक पल्टिँदा चालककाे ज्यान गयाे

गुँरासेमा ट्रक पल्टिँदा चालककाे ज्यान गयाे


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १८ मंसिर २०७३
  • 10.3K
    Shares

पाँचथर सदरमुकाम फिदिमबाट ताप्लेजुङका लागि छुटेको ट्रक शनिबार बिहान दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

भारपा–६ गुँरासेमा मे १ ख १८४९ नम्बरको ट्रक पल्टिँदा फिदिम–३ का ३० वर्षका चालक मोहन कुमार राईको घटनास्थलमै ज्यान गएको पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिए ।

मोडमा ट्रक घुम्न नसक्दा बाटोबाट ट्रक तल खसेको प्रहरीको भनाई छ । राईको शव पोष्टमार्टको लागि पाँचथर अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार