पोखरा, ११ भदौ २०८३।
बाढीग्रस्त रसुवामा उद्धारका लागि रातभर नेपाली सेनाको टोली सक्रिय रहेको खबरहरु सार्वजनिक भैरहंदा रसुवाबाट ८५ सुरक्षाकमी सम्पर्कविहीन रहेको तथ्य सार्वजनिक भएको छ।
नेपाली सेनाका ११ समूह गए रातभरि रसुवा बाढी प्रभावितको उद्धार र खोजीमा सक्रिय भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयलले जानकारी दिएको छ ।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार , भोटेकोशीमा आएको बाढीमा परेर नेपाली सेनाका क्याप्टेन र सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ८५ सुरक्षाकमी वेपत्ता हराइरहेका छन् ।
नेपाली सेनाका क्याप्टेनसहित ४४ जना, सशस्त्र प्रहरीका इन्सपेक्टरसहित १३ जना र नेपाल प्रहरीका २८ जना बुधबार बेलुकासम्म सम्पर्कमा नआएका हुन् । सम्पर्कविहीन रहेका ४४ जना सैनिक रसुवाका हाइड्रोपावर र लाङटाङ राष्ट्रिय निकुन्जमा खटिएका थिए।
सशस्त्र प्रहरीको बीओपी टिम्मुरेका इन्सपेक्टरसहित नौ जना बेपत्ता छन्। मैलुङ सुरक्षा बेसका चार जना सशस्त्र प्रहरी पनि सम्पर्कमा छैनन्। केहीको घाइते अवस्थामा उद्धार गरिएको छ।
नेपाल प्रहरीका २८ जना सम्पर्कविहिन
नेपाल प्रहरीका ६ वटा युनिटका २८ जना प्रहरी पनि सम्पर्कमा छैनन्। २३ जना कार्यरत रहेको इलाका प्रहरी कार्यालय टिमुरेका १३ जना प्रहरी मात्रै सम्पर्कमा आएका छन् । बाँकी १० जना सम्पर्कविहिन छन् ।
रसुवागढी प्रहरीचौकीमा नौ जना प्रहरी रहेकोमा एक जना मात्रै भागेर ज्यान जोगाउन सफल भएका छन् । बाँकी सम्पर्कविहिन छन् । आठ जना कार्यरत स्याफ्रुबेसी प्रहरीचौकीका तीन, अस्थायी प्रहरीचौकी मैलुङका पांच जना पनि सम्पर्कमा छैनन्।
१० जना कार्यरत रहेको बेत्रावती र ६ जना कार्यरत रहेको हाकु प्रहरी चौकीका पनि एक/एक जना प्रहरी बेखवर छन् । समाचार स्रोत : Radio Langtang 90.3 Mhz