पोखरा, ११ भदौ २०८३।
भोटेकोशी नदीमा आएको बाढीसंगै बगेका मानिसहरु मध्ये तनहुँ जिल्लाका विभिन्न स्थानमा भेटिएका नौ जनाको शब गएराती पोखरामा ल्याइएको छ।
दमौलीस्थित प्रादेशिक अस्पतताल तनहुँ हुँदै नौ वटा शवहरु साबिकको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल र हालको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ल्याइएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (DEOC) कास्कीले जानकारी दिएको छ।
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (DEOC) कास्की, गण्डकी प्रदेशका अनुसार बुधबार बेलुका २१ः०० बजेसम्म तनहुँमा फेला परेका शवमध्ये ५ जना पुरुष, १ जना महिला, १ जना बालक र १ जना बालिका रहेका छन्। थप १ शवको पहिचान हुन बाँकी रहेको जनाइएको छ।
शवको पहिचान तथा घटनासम्बन्धी थप विवरण संकलन भइरहेको जनाइएको छ।