निकासी कर नतिरी ३२ वटा खसीबोका ओसारपसार गर्ने बोलेरो जीप कारबाहीमा

निकासी कर नतिरी ३२ वटा खसीबोका ओसारपसार गर्ने बोलेरो जीप कारबाहीमा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ भाद्र २०८३
  • 1.1K
    Shares

स्याङ्जा, ११ भदौ २०८३

स्याङ्जामा पालिकालाई बुझाउनुपर्ने निकासी कर नतिरी ३२ वटा खसीबोका ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले बोलेरो जीप नियन्त्रणमा लिएर कारबाहीका लागि गाउँपालिकाको कार्यालयमा बुझाएको छ।

मिति २०८३ भदौ १० गते साँझ करिब ५ः१५ बजे प्रहरी चौकी बिरूवाअर्चले, स्याङ्जाबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) टिका सुबेदीको कमाण्डमा खटिएको गस्ती टोलीले चेकजाँचका क्रममा उक्त जीप नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बिरुवा गाउँपालिका–४, बाँहुदेखि स्याङ्जा सदरमुकामतर्फ आउँदै गरेको ग.३ च. ३१८४ नम्बरको बोलेरो जीपलाई चेकजाँच गर्दा पालिकामा बुझाउनुपर्ने निकासी कर नतिरी ३२ वटा खसीबोका ओसारपसार गरिरहेको फेला परेको थियो।

प्रहरीले जीप नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि बिरुवा गाउँपालिकाको कार्यालयमा बुझाएको थियो। गाउँपालिकाले उक्त घटनामा रु. ५ हजार ६ सय जरिवाना गरेको जनाएको छ।

जरिवाना गरिएपछि आवश्यक प्रक्रिया पूरा गरी जीपलाई छाडिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया