छोराको हत्या गर्ने आमालाई आजीवन जेल चलान

छोराको हत्या गर्ने आमालाई आजीवन जेल चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १७ मंसिर २०७३
  • 14K
    Shares

परपुरुषसँगको अवैध यौन सम्पर्कबाट जन्मेको बच्चालाई हत्या गरेको पुष्टि गर्दै अदालतले जाजरकोटकी एक महिलालाई सर्वस्वसहित आजीवन कारावासको सजाय हुने भएको छ । भेरीमालिका नगरपालिका–१३ कुदु्की कमला विकलाई यस्तो सजाय सुनाइएको हो ।

जिल्ला न्यायाधीश लीलाराज अधिकारीको इजलासले आफ्नै सन्तानको हत्या गरेको पुष्टि गर्दै कमलालाई सजाय गरेको हो । कमलाका पति राजु विक वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका छन् ।

पति वैदेशिक रोजगारीमा गएका बेला परपुरुषसँगको अवैध यौन सम्पर्कबाट ६ असोजमा जन्मेको छोरालाई उनले केही बेरमै हत्या गरेर नजिकैको खोलामा लगेर फालेकी थिइन् । उनका ससुरा रामे कामीको जाहेरीका आधारमा कमलालाई यसअघि नै प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरेको थियो । –

प्रतिक्रिया
सम्बन्धित समाचार