गृहमंत्रीपुत्र र प्रेस काउन्सिलका केही पदाधिकारीबीच गाँड फोडाफोड

गृहमंत्रीपुत्र र प्रेस काउन्सिलका केही पदाधिकारीबीच गाँड फोडाफोड


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ मंसिर २०७५
  • 5K
    Shares

सुन्दा पनि लाजलाग्दो कुरा– होटलवाला ‘तपाई यहाँबाट निस्किहाल्नुस्’ भन्छन्, निस्कनपर्नेले ‘म फलानोको छोरा हुँ, किन निस्कने’ भन्दै अटेरी गर्छन् ।

घटना साउन अन्तिमतिरको हो । गृह मन्त्रालयदेखि प्रहरी प्रधान कार्यालयसम्म डेढ लाख बिल भुक्तानीको लफडा आएपछि यस्तो कुरा बाहिर आएको छ । गृहमन्त्रीपुत्र प्रतीक थापासहित ६–७ जनाको टोली पोखरा पुगेको थियो । एसपी ओम रानाले लेकसाइडस्थित होटल माउन्ट कैलाशमा कोठा भनिदिए । ‘जे–जे खान्छन्, दिनु, बिल मकहाँ ल्याउनु’ भनेका थिए ।

उनीहरुले ब्ल्याक लेवल खाए । एउटाले पुगेन तीन–तीन बोतल रित्याए । त्यसपछि चाहियो युवती । राति सवा १० बजे एउटा गाडीमा पाँचजना पुगे । तीमध्ये मन्त्रीपुत्रले रोजकी एकजना त्यहीँ रहने, बाँकी फर्किने गरी गएका थिए । तर, होटलका मालिक नरेश भट्टराईले त्यसो हुन दिएनन् । ‘तपाई श्रीमती, हैन भने पनि गर्लफ्रेण्ड भए केही आपत्ति छैन । तर, मेरो मोटलमा पेशेवर यौनकर्मीलाई आफ्नै आँखाले देखि–देखि बस्न दिन्न ।’ प्रतिक र नरेशको गलतफत्ति चल्यो । नरेशले भने ‘तपाईलाई कहाँ जान मन छ जानुस्, यसरी मेरो होटलमा बस्न दिन्नँ’ भने ।

उनले आफू गृहमन्त्रीपुत्र भएको सुनाए । नरेशले भने ‘तपाई राष्ट्रपतिकै छोरो भए पनि, ट्रम्पकै छोरो भए पनि होटल मेरो हो । पेशेवर यौनकर्मीलाई मेरो होटलमा छिराउँदिन । यो म बस्ने घर पनि हो । परिवार पनि यहीँ छन् । यस्तो असामाजिक काम मेरोमा हुँदैन ।’ त्यसपछि भाउन्निएर निस्कन खोसेका मन्त्रीपुत्रले मेरो रकम भन्दै पाँच हजार झिकेर दिन खोजे । होटलको रिसेप्सनमा बसेकाले लिन मानेनन् । किनभने, बिल एक लाख नाघिसकेको थियो ।

उक्त बिल कात्तिक लाग्दासम्म जिल्ला प्रहरी कार्यालयले भुक्तानी गरेको छैन । होटलको त व्यापार हो । सुरक्षा अधिकारीले भनेर दुई–चार हजार छाडिदिनु अर्को कुरा, तर डेढ लाख रुपैयाँले होटल डुब्छ । यसो भन्दै अहिले नेकपाकै कार्यकताहरु बिलको फोटोकपी बोकेर कहिले गृह, कहिले पुलिस हेडक्वार्टर पुगिरहेका छन् । – राजकुमार रायबाट । आज प्रकाशित जनआस्था साप्ताहिकमा समाचार छ ।

 

 

प्रेस काउन्सिल नेपालमा रहनु भएका आत्मीय दाजुद्वय किशोर र खिला !
काउन्सिलमा आजीवन विताउनुहुने कार्यवाहक अध्यक्ष किशोर दाइको सम्पादकत्वमा निस्केन पत्रिकामा मेरा विरूद्ध निरन्तर झूठा समाचारहरू प्रकाशन भएका छन् ।
त्यही समाचारलाई आधा दशक काउन्सिलमा जीवन व्यतित गरिरहनु भएका खिला दाइले शेयर गरेर लाइक बढाई रहनुभएको छ ।
हिजोका दिनमा स्वर्गीय प्रकाश दाहालप्रति यसरी नै लेख्नुहुन्थ्यो । जब प्रकाशले तपाईंद्वयको चार महिना समय हुंदाहुंदै कथित राजीनामाको नाटक गरेर चार वर्ष पुनः नियुक्ति बनादिएपछि उहांको गुणगान गाउन थाल्नुभयो ।
तथ्यहरू धेरै छन् । जब कसैका बिरूद्ध लेख्नु परे कसरी रक्सी खाएर लेखिन्छ ? भन्ने आधार धेरै छन् । तपाईं विदेश घुमघाम गर्दा कुन प्रहरी उच्च अधिकारीले कसरी टिकट मिलाई दिएका छन, हामीले पनि तथ्य राखेका छौं ।
भवानी बरालको मुद्दा सुनुवाई नगर्न निवर्तमान प्रधान न्यायधीश गोपाल पराजुलीसंग कसरी सांठगांठ गर्नुभयो ? सबै तथ्य छन् । सबै समाचार मैले हेर्न भ्याएनं भन्ने तपाईंका जवाफ हुन्छन । जसलाई समाचार लेख भन्नुहुन्छ विश्वमणि सुबेदीले गृहदेखि याङ्टारू सेकुवा कर्नरको टेवुलटेवुलमा गरेका वार्गेनिङ्का धेरै प्रमाण छन् ।
यो सत्य हो, तपाईं उपत्यका छोड्दासाथ ब्ल्याक लेभल, बंदेलको मासु, कालिज, लोकल कुखुराले पुज्ने परम्परा हट्दै गएको छ । जसको साथमा लागेर पार्टीको (ताताकालिन माओवादी)को आन्तरिक समाचार रक्सीमा बेच्ने खिला दाइ पनि त्यसबाट बञ्चित हुनुभएको छ । यसैका लागि यसरी पीत पत्रकारिता नगरेकै बेस् होला । #अहिलेसम्म-सहिइयो-अब-आति-भयो !

प्रतिक्रिया