मान्छे घाइते बनाउने राँगोलाई गोली हानी मारियो

मान्छे घाइते बनाउने राँगोलाई गोली हानी मारियो


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ पुष २०७४
  • 6.2K
    Shares

कास्कीको मादी गाउँपालिका वडा नं ११ सैमराङमा राँगाले हान्दा वर्ष ४९ का स्थानीय भिमवहादुर काफ्ले घाईते भएका छन् । काफ्लेको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको छ ।

भिमवहादुरलाई स्थानीय विष्णुप्रसाद काफ्लेले पालेको राँगाले विहान साढे ९ बजेतिर सिँगले हानेको प्रहरीले जनाएको छ । मात्रिएर हिंडेको राँगोलाई नियन्त्रणमा लिन प्रहरी परिचालित गरिएको थियो । प्रहरीले नियन्त्रण लिन नसकेपछि त्यस राँगोलाई एक राउण्ड गोली प्रहार गरि मारेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया