पाल्पामा ट्याक्टर दुर्घटना एकको मृत्यु, चारजना घाइते

पाल्पामा ट्याक्टर दुर्घटना एकको मृत्यु, चारजना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १ पुष २०७४
  • 8.8K
    Shares

पाल्पा । पाल्पामा ट्र्यक्टर दुघटना हुँदा एकजनाको मृत्यु भएको छ । मुत्यु हुनेमा पूर्वाखोला गाउँपालिका मैदान २ का मन बहादुर बाह्रघरे रहेका छन् ।

पूर्वखोला गाउँपालिका–२, जल्पाको मैदान नजिकै शनिबार बिहान तारे गहिराबाट बालुवा लिएर मैदानतर्फ फर्कँदै गरेको लु १ त ८३७७ नम्बरको ट्याक्टर सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा अन्य चारजना घाइते भएका छन् । घाइतेहरुको अहिले तानसेनस्थित युनाईटेड मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइतेहरु जल्पा २ मैदानका गाडी मालिक कर्ण बहादुर कुवँर, रेवन्त हिस्की, तिलबहादुर गाहा सुशान्त सारु रहेका पूर्वखोला गाउँपालिका–२ का वडाध्यक्ष नीरबहादुर सारुले जानकारि दिए । दुर्घटना के कारणले भयो भन्ने बारे अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया