मुस्ताङमा बाम गठबन्धनतर्फका उम्मेदवार प्रेम प्रसाद तुलाचनमाथी काँग्रेस कार्यकर्ताले आक्रमण गरेका छन । शुक्रवार साँझ कागबेनीमा तुलाचन चढेको गाडीमाथी काँग्रेस कार्यकर्ताले ढुंगा प्रहार गरेका छन । ढुंगा प्रहारबाट ग १ य ३९६ नम्बरको ल्याण्डकुजर जीपको अगाडीको सिसामा क्षति पुगेको छ । तुलाचनलाई नै लक्षित गरि आक्रमण भएपनि कुनै मानवीय क्षति भने नभएको मुस्ताङ प्रहरीले जानकारी दिएको छ ।
उम्मेदवार सहितको टोली उपल्लो मुस्ताङको दालोमे गाउँपालिका र लोमान्थाङ गाउँपालिकामा चुनाव प्रचारको कार्यक्रम सकेर जिल्ला सदरमुकाम जोमसोम फर्कदैं थियो ।
जीपमा उम्मेदवार प्रेम प्रसाद तुलाचन, एमाले पोलिटब्यूरो सदस्य तथा पूर्व सभासद श्रीमाया थकाली, पूर्व सभासद टसी स्याङ्मो गुरुङ, एमालेका जिल्ला अध्यक्ष चन्द्रमोहन गौचन, माओवादी केन्द्र मुस्ताङका अध्यक्ष सत्यनारायण शेरचन, माओवादी जिल्ला नेता सुक बहादुर बिक लगायत कार्यकर्ता सवार थिए ।
आफुहरु सवार गाडीलाई लक्षित गरी विपक्षी दल नेपाली काँग्रेसका कार्यकर्ताले ढुंगा प्रहार गरेको उम्मेदवार तुलाचनले बताएका छन ।