काठमाडौं , ८ कार्तिक ।
नेपाल कम्युनिस्ट पार्टीले महान अक्टोवर क्रान्तिको सतवार्षिकीका अवसरमा आज काठमाण्डौमा बिशाल जनसभा तथा जनप्रदर्शनको आयोजना गरेको छ ।
काठमाण्डौको खुल्ला मञ्चमा दिउँसो १ बजे हुने जनसभामा पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र पार्टी प्रवत्ता खड्गबहादुर बिश्वकर्मा (प्रकाण्ड) सहितका शिर्षस्थ नेताहरुले सम्बोधन गर्नुहुनेछ ।
जनसभा सुरु हुनुपूर्व उपत्यकाको ६ स्थानबाट एकै साथ पार्टीका शिर्ष नेताहरुको सहभागीतामा सुरु भएको र्याली खुल्लामञ्च तर्फ प्रवेश गर्दै छ ।
जसअनुसार बबरमहल , कुपण्डोल ,कालिमाटि , लैनचौर बागबजार , भृकुटिमण्डप र सुन्धाराबाट निस्कीएको र्याली खुल्ला मञ्च तर्फ प्रवेश गर्न लागेको हो । बबरमहलबाट निश्कने भक्तपुर ,पूर्वी ताम्सालिङ ,जनकपुर र पूर्वी ब्युरोको र्यालीको पोलिटब्युरो सदस्य पदम राई तथा केन्द्रिय सल्लाहकार समितिका सचिव चिबहादुर आले पवनले नेतृत्व गर्नु भएको छ ।
यस्तै ललितपुर व्युरोको स्थाई समिति सदस्य सन्तोश बुढा (विषम) , केन्द्रिय सदस्य पुरुषोत्तम बिष्ट (उत्तम)र केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज नविन बिक सहितका नेताहरुको नेतृत्वमा कुपण्डोलबाट र्याली निस्कीएको छ । पश्चिम ताम्सालिङ र नारायणीको पोलिटब्युरो सदस्यद्धय उमा भुजेल (शिलु) र कृष्ण प्रसाद धमला (गम्भिर) को नेतृत्वमा कालिमाटिबाट र्यालि निस्कीएको छ ।
लुम्बीनि ,धवलागिरि ,गण्डक ,पश्चिम र काठमाण्डौ ब्यरोको लैनचौरबाट निस्कने र्यालीको नेतृत्व स्थाई समिति सदस्य असारे काका , पोलिटब्युरो सदस्य ओम पुन र पोलिटब्युरो सदस्य चन्द्र बहादुर चन्द (विरजङ )ले गर्नु भएको छ ।
बागबजारबाट जबस मोर्चाको पोलिटब्युरो सदस्य मोहन कार्की (जिवन्त) सहितका जनबर्गिय संगठनका नेताहरुको नेतृत्वमा र्याली निस्किएको छ भने भृकुटिमण्डबाट निस्कीएको गणतान्त्रिक मञ्चको र्यालीको पोलिटब्युरो सदस्य भरत बम र बैकल्पीक केन्द्रिय सदस्य मकर गुरुङले नेतृत्व गर्नु भएको छ ।
कुपण्डोल र कालिमाटिको जुलुस त्रिपुरेश्वर र सबै ब्युरोको जुलुस सन्धारा पुगेर एकै ठाउमा केन्द्रित भई दुई वटा जुलुस एकैसाथ खुल्लामञ्च प्रवेश गर्ने आयोजकले जनाएको छ । सुन्धाराबाट निस्कीएको जुलुसको नेतृत्व भने पार्टी महासचिव विप्लव र प्रवत्ता प्रकाण्डले गर्नु भएको छ ।