नयाँ शक्तिबाट विद्रोह गरेका ‘१५ भाइ’ र माओवादी केन्द्रको एकता केही दिनमै

नयाँ शक्तिबाट विद्रोह गरेका ‘१५ भाइ’ र माओवादी केन्द्रको एकता केही दिनमै


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३ भाद्र २०७४
  • 7.2K
    Shares

देवेन्द्र पौडेलको नेतृत्वमा १५ नेताले वृहत धु्रविकरण संयोजन समिति गठन गरेका थिए । यो समिति र माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा र वर्षमान पुन अनन्तको टोलीबीच शनिबार भएको वार्तामा पार्टी एकताको सहमति जुटेको छ ।३ भदौ, काठमाडौं । नयाँ शक्ति पार्टीबाट विद्रोह गरेका ‘१५ भाइ’ले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएका छन् । सम्भवत आगामी साता पार्टी एकताको घोषणा हुनेछ ।

लगतै पार्टी एकता हुनेछ । साउन ६ गतेसम्म पार्टी एकता गरिसक्ने नेताहरुको तयारी छ ।सैद्धान्तिक विषयमा भोलि छलफल हुनेछ भने जिम्मेवारीबारे शीर्ष नेतृत्वले निर्णय लिनेछ । वार्तामा सहभागी एक नेताले भने, ‘नयाँ शक्तिले उठाएको ५ स र प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डालाई कसरी सम्बोधन गर्ने भन्ने भोलि छलफल हुनेछ ।’

नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको वार्ता प्रक्रिया असफल भए लगतै पौडेल समूहले ध्रुविकरणको अभियान थालेको थियो । यो समूहले प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डामा सहमत शक्तिहरुबीच मोर्चाबन्दी गर्ने प्रस्ताव राखेको थियो । तर, डा. भट्टराई सहमत भएनन् ।

लगतै यो समूहले पूर्व माओवादीहरुसहितको ध्रविकरण अभियान चलाएपछि भट्टराईले स्पष्टिकरण सोधे । यससँगै बिच्किएको पौडेल समूहले पार्टीमा विद्रोह गरेर बृहत धु्रविकरण संयोजन समिति गठन गरेपछि नयाँ शक्तिमा फुट आयो ।

प्रतिक्रिया