के गर्दैछन विप्लव र बाबुराम : विप्लव भुमीगत जस्तै,बाबुराम संगठन निर्माणमा

के गर्दैछन विप्लव र बाबुराम : विप्लव भुमीगत जस्तै,बाबुराम संगठन निर्माणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३० असार २०७३
  • 9.5K
    Shares

एकातिर सरकार ढाल्ने र अर्कोतिर नयाँ सरकार बनाउने चर्चा चलिरहेका बेला तत्कालीन एमाओवादीका २ जना पात्र भने फरक–फरक अभियानमा छन् । माओवादीका प्रभावशाली मानिने दुई नेता डा.बाबुराम भट्टराई र युवा पुस्ताका लोकप्रिय नेता नेत्रविक्रम चन्द‘विप्लव’ गोप्य र खुला ढङ्गले अभियानमा जुटेका हुन् ।

भट्टराईले आरथिक सम्वृद्धिको नारा बोक्दै नयाँ शक्ति नेपाल नामक पार्टी खोलेर वैधानिक राजनीतिक मोर्चा खोलेका छन भने विप्लवले जनयुद्धका अधुरा सपना पुरा गर्ने भन्दै जनयुद्धको नीति लिएका छन् । संयोग के छ भने दुवै नेता राजधानीमा कमै हुन्छन् । उनीहरु प्राय कार्यकर्ता भेटघाट र पार्टीको काममै हुन्छन् ।

प्राय: बाबुराम र विप्लव दुवै देश दौडाहमै हुन्छन । बाबुराम सार्वजनिक रुपमा अन्तरक्रिया,छलफलमा व्यस्त देखिन्छन भने विप्लव भुमीगत शैलीमा । यहाँसम्मकी विप्लव बस्ने सेल्टरसम्म सबै नेताहरुलाई पनि थाहा हुन्छ । उनी सहित आधादर्जन बढी नेता पनि काठमाण्डु बाहिर छन् ।

यसरी बाहिरिनेमा चन्द, पोलट्ब्यिुरो सदस्यद्वय धर्मेन्द्र बास्तोला र खड्गबहादुर विक, केन्द्रीय सदस्यहरु अनील शर्मा, सन्तोष बुढामगर, सावित्रा दुरा, ओम पुन, भरत बम, सुदीप मल्ल लगायत करिब ६० जना छन् । राजधानी बाहिर गएर उनले पार्टी को कार्यदिशाबारे छलफल गर्छन । विप्लव माओवादीले रोल्पा,वैतडी लगायतका जिल्लामा गोप्य रुपमा शैन्य तालिम समेत सञ्चालन गरेका थिए ।

स्रोतका अनुसार केही महीनाभित्रै विप्लव माओवादीले आधिकारिक रुपमा प्रहरी चौकीमाथी धावा वोल्दै युद्धको सुरुवात गर्नेछन् । तर माओवादी नेताहरुले सार्वजनिक रुपमा युद्धको तयारीवारे अस्वीकार गर्दै आएका छन् । तर तल्लो तहसम्म सर्कुलर नै गरेर युद्धको मनोविज्ञानमा तयार रहेर बस्न कार्यकर्तालाई निर्देशन दिइएको छ । त्यसैको तयारीस्वरुप विप्लव माओवादीले जनसत्ता समेत व्युताइसकेको छ । अबको निर्वाचनमा यस्ले पनि माओवादी केन्द्रलाई ठुलै धक्का लाग्न सक्छ  ।

यता नयाँ शक्ति नेपाल भने तिव्र रुपमा संगठन निर्माण र प्रचारमा जुटेको छ । मध्यमवर्गीय समुदायमा बाबुरामको पार्टीप्रति आकर्षण पनि ठिकठिकै देखिन्छ । सबै दलका नेता सत्ताकेन्द्रित राजनीतिमा व्यस्त रहेकाले आफुहरु जनताको विचमा गएर संगठन निर्माण गर्दा आफुलाहरुको संगठन बलियो बन्ने नयाँ शक्तिका अभियान्ताहरु बताउँछन् । अब हुने सबै तहको निर्वाचनमा चुनाव लड्ने तयारीसहित नयाँ शक्ति नेपालले पार्टी समेत दर्ता गरिसकेको छ ।

नयाँ शक्तिले पार्टीको अभिवादन गर्ने शैली रामराम बनाएको छ । खासमा रामराम शब्द पश्चिम नेपालका थारु समुदायले अभिवादनका क्रममा प्रयोग गर्ने गर्दछन् । मुलतः विप्लव र बाबुराम दुवैको गतिविधिले नेकपा माओवादी केन्द्रलाई निर्वाचनमा ठुलै समस्या पार्न सक्ने बताइन्छ । गुटफुटबाट गुज्रीएको माओवादी आन्दोलन पछिल्लो समय कमजोर बन्दै गएको स्वयंम माओवादीले नै निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया