प्रहरी हिरासतबाट थुनुवा भागेपछि दमकमा खैलाबैला

प्रहरी हिरासतबाट थुनुवा भागेपछि दमकमा खैलाबैला


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १८ असार २०७३
  • 12K
    Shares

जबर्जस्ती करणी अभियोगमा पक्राउ परेका एक थुनुवा इलाका प्रहरी कार्यालय दमकको हिरासतबाटै फरार भएपछि अहिले इलाका प्रहरी कार्यालय, दमकमा खैलाबैला मच्चिएको छ । नाबालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका झापा बेलडाँगीका १८ वर्षीय सुरज राई कामी प्रहरी हिरासतबाटै फरार भएपछि इलाका प्रहरी कार्यालय दमकमा खैलाबैला मच्चिएको हो । उनी शुक्रबार साँझ फरार भएको बताइएको छ ।

शुक्रबार सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान पार्टीले दमकमा आयोजना गरेको कार्यक्रममा प्रहरी नायब उपरीक्षक राजन लिम्बूसहितको प्रहरीको टोली कार्यक्रमस्थलमा रहेका बखत खानाखाने क्रममा उनी मेसबाट पर्खाल नाघेर फरार भएको बताइएको छ ।

नाबालिकालाई बलात्कार गरेको अभियोगमा उनी गत असार ५ गतेदेखि प्रहरी हिरासतमा थिए ।

प्रतिक्रिया