बसको ढोकामा उभिदा पोखरामा सहचालकको ज्यान गयो

बसको ढोकामा उभिदा पोखरामा सहचालकको ज्यान गयो


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ८ असार २०७४
  • 14.2K
    Shares

आश तमु पोखरा/ पोखराको हल्लनचोकबाट काहुँखोला तर्फ जादै गरेको ग १ ख ५०९९ नम्बरको नगरबसबाट खसेर सहचालक ३२ बर्षीय आनन्द सापकोटाको ज्यान गएको हो ।

बिहीबार काहुँखोला तर्फ जाने क्रममा पोखरा १२ बाझापाटनमा पुगेपछि सहचालक सापकोटा ढोकामा उभिएका बेला विजुलीको पोलमा ठेक्किएर घाइते भएको थिए ।

दुर्घटना भएलगतै उपचारको लागि मनिपाल शिक्षण अस्पताल गरिएकोमा उनको निधन भएको चिकित्सकले घोषणा गरेका हुन् । मृतक सापकोटा पोखरा १२ सितलदेवीका स्थायी बासिन्दा रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया