रसुवागढी आयोजनाको सुरुङमा कोही भेटिएनन् : सदरमुकाम फर्कियो सेनाको उद्धार टोली

रसुवागढी आयोजनाको सुरुङमा कोही भेटिएनन् : सदरमुकाम फर्कियो सेनाको उद्धार टोली


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ भाद्र २०८३
  • 798
    Shares

rasuwagadhi hydropwer , रसुवागढ़ी हाइड्रोपावर

बेपत्ता मानिसहरूको खोजीमा रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खटिएको नेपाली सेनाको उद्धार टोली त्यहाँ कोही नभेट्टाए पछि सदरमुकाम धुन्चे फर्किएको छ।

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित उद्धारकर्मीहरू सुरुङभित्र प्रवेश गरी खोजीमा जुटेका थिए। उद्धार टोलीले सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेर विस्तृत रूपमा खोजी गरेको थियो। साथै, सुरुङभित्र ड्रोनसमेत उडाएर सम्भावित स्थानहरूको निरीक्षण गरिएको थियो। तर, सुरुङको अन्तिम बिन्दुसम्म खोजी गर्दा पनि कुनै पनि मानवीय उपस्थिति फेला नपरेको उद्धार टोलीले जनाएको छ।

सुरुङभित्र मानिसहरू नरहेको पुष्टि भएपछि तत्कालका लागि खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली रसुवाको सदरमुकाम धुन्चे फर्किएको हो। यसअघि सुरुङको अन्तिम भागमा मानिसहरू फसेको हुनसक्ने आशंकाका आधारमा सेनाको टोलीले जोखिम मोलेर सुरुङभित्र प्रवेश गरी खोजी थालेको थियो।

प्रतिक्रिया