कास्कीको रुपा गाउँपालिकास्थित हाँसपोखरीमा बस दुर्घटना : ११ जना घाइते

कास्कीको रुपा गाउँपालिकास्थित हाँसपोखरीमा बस दुर्घटना : ११ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ भाद्र २०८३
  • 1.1K
    Shares

rupa bus accicent : कास्कीको रुपा गाउँपालिकाको हाँसपोखरीमा बस दुर्घटना : ११ जना घाइते

पोखरा , १५ भदौ २०८३।

कास्कीको रुपा गाउँपालिका–७ हाँसपोखरीस्थित साउने खोल्सोमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

आज बिहान करिब १० बजे माझबेसीबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १७८१ नम्बरको सार्वजनिक बस भित्री सडकखण्डमा चिप्लिएर सडकबाट करिब दुई मिटर तल खसेर दुर्घटनाग्रस्त ११ जना घाइते भएका हुन्।

प्रहरीका अनुसार , बसमा चालकसहित १८ जना सवार रहेकामा ११ जना यात्रु घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि पोखरातर्फ ल्याइएको छ। घाइते सबैको अवस्था सामान्य तथा खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बस घटनास्थलमा कोल्टे अवस्थामा रहेको भए पनि सडक भने अवरुद्ध नभएको प्रहरीले जनाएको छ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट शास्त्रीबाट प्रहरी सहायक निरीक्षक मुकेशकुमार यादवको कमाण्डमा ट्राफिक प्रहरीसहित ६ जनाको टोली घटनास्थलमा खटिएको थियो।

बस चालक रुपा गाउँपालिका–४ बाँयाडाँडा निवासी ३९ वर्षीय ठाकुरप्रसाद गुरुङलाई इलाका प्रहरी कार्यालय हंसपुरले नियन्त्रणमा लिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया