पोखरा , १५ भदौ २०८३।
रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीबाट उद्धार गरी काठमाडौं ल्याइएका प्रभावितहरूलाई गन्तव्यतर्फ लैजाँदै गरेको बस नवलपरासी पूर्वमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्।
आइतबार हेटौंडा–नारायणगढ हुँदै पश्चिमतर्फ गइरहेको लु प्र०१–००१ ख ०३८६ नम्बरको बस राजमार्गमा रोकिराखेको ना ८ ख ६१४५ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।
दुर्घटनामा बसमा सवार यात्रुसहित बस र ट्रकका चालकसमेत घाइते भएका छन्। घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि स्थानीय मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल पण्डितले जानकारी दिए।
डीएसपी पण्डितका अनुसार अस्पतालमा उपचारका लागि पुर्याइएका घाइतेमध्ये दुई जनाको अवस्था थप उपचार आवश्यक पर्ने देखिएपछि चितवनको भरतपुर रिफर गरिएको छ। अन्य घाइतेको उपचार मध्यविन्दु प्रादेशिक अस्पतालमै भइरहेको छ।
दुर्घटनामा बस चालक सल्यानको कालीमाटी गाउँपालिका–६ का २७ वर्षीय तुलाराम थापा मगर र ट्रक चालक बाराको निजगढ नगरपालिका–११ का अभिषेक कुँवर पनि घाइते भएका थिए। दु