मनसुन सुरु भए लगतै पहिरोका कारण मुग्लीन-नारायण सडक अवरूद्ध

मनसुन सुरु भए लगतै पहिरोका कारण मुग्लीन-नारायण सडक अवरूद्ध


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ असार २०७४
  • 11.3K
    Shares

चितवन : पहिरोको कारण नारायणगढ मुग्लीन सडकखण्ड अवरुद्ध भएको छ । राति परेको वर्षा कारण पहिरो झरेपछि बाटो बन्द भएको हो ।

नारायणगढ-मुग्लीन सडकखण्डको चार किलो भन्ने स्थानमा पहिरो खसेपछि सवारी आवागमन बन्द भएको छ । पहिरोसँगै ढुङ्गा झर्नेक्रम नरोकिएकाला पहिरो पन्छाउन कठीन भएको छ । राति तीन बजेदेखिपूर्ण रुपमा बाटो बन्द भएको हो ।

राती नै यसै सडकखण्डको कालीखोलमा पनि पहिरो खसेको थियो । डोजर लगाएर पहिरो हटाएर एकतर्फी रुपमा बाटो सञ्चालन गरिएको थियो । पहिरोका कारण रातिदेखि नै सवारी जाम भएपछि रात्रीबसकायात्रुहरु अलपत्र परेका छन ।

ढुङ्गा झरेको कारण कठिनाई भएपनि डोजर लगाएर पहिरो पन्छाउने कोसिस गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दिपक थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया