नेपाल कम्युनिष्ट पार्टी दाङले स्थानीय तहका उम्मेद्वारहरूको घरमा कालो झण्डा गाडे

नेपाल कम्युनिष्ट पार्टी दाङले स्थानीय तहका उम्मेद्वारहरूको घरमा कालो झण्डा गाडे


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ असार २०७४
  • 8.8K
    Shares

कथित स्थानीय चुनावको खारेज गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी दाङले स्थानीय तहका उम्मेद्वारहरूको घरमा कालो झण्डा गाडेको छ ।

दाङका सबै नगर तथा गाउँपालिकाको उम्मेद्वारहरूको घरघरमा कालो झण्डा गाड्नुका साथै चुनाव खारेजीको अपील समेत गरेको छ ।

तुलसीपुर तथा घोराहीको मेयर उपमेयर, लमही नगर प्रमुख उपप्रमुख तथा सबै गाउँपालिका अध्यक्ष उपाध्यक्ष लगायत केही सदस्य उम्मेद्वारहरूको घरमा पुरानै संसदीय स्थानीय चुनावमा सहभागी नहुन र उम्मेद्वारी फिर्ता लिन अपील सहित कालो झण्डा गाडेको नेकपा दाङले जनाएको छ ।

प्रतिक्रिया