प्रशासनिक कार्यमा ढिलासुस्ती भएको भन्दै पृथ्वी नारायण क्याम्पस नेविसंघ इकाइको ध्यानाकर्षण

प्रशासनिक कार्यमा ढिलासुस्ती भएको भन्दै पृथ्वी नारायण क्याम्पस नेविसंघ इकाइको ध्यानाकर्षण


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ असार २०७४
  • 11K
    Shares

पोखरा, नेपाल विद्यार्थी संघ पृथ्वी नारायण क्याम्पस इकाई समिति प्रशासनिक कार्यमा ढिलासुस्ती भएको भन्दै बिहीबार एक विज्ञप्ति जारी गर्दै संघको ध्यानाकर्षण भएको जनाएको छ । प्रविधिको युगमा पनि क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थी सामान्य भर्ना प्रक्रिया तथा परीक्षा र्फम भर्नका लागि घण्टौ लाइन बस्नुपरेकोमा संघले त्यस समस्याको अन्त्यको माग गर्दै विज्ञप्ति जारी गरेको हो ।

 

संघका अध्यक्ष दीपक वाग्लेद्वारा जारी विज्ञप्तिमा करिब १० हजार विद्यार्थी अध्ययन गर्ने देशकै ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पसमा एउटा सामान्य भर्ना तथा परीक्षा र्फम भर्नका लागि घन्टौ लाइनमा बस्नुपर्ने र दुई दिनमा पनि काम गर्न नसकिने जटिल अवस्थाको सिर्जना भएको उल्लेख छ ।

 

प्रतिक्रिया