LIVE : लण्डनको २४ तले भवनमा आगलागी (भिडियो सहित)

LIVE : लण्डनको २४ तले भवनमा आगलागी (भिडियो सहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३१ जेष्ठ २०७४
  • 8K
    Shares

लण्डनको २४ तले भवनमा आगलागी भएको छ । पश्चिम लण्डनको लाटिमर रोडस्थित टावर ब्लकमा आगो लागेको हो ।

भवनका सबै तलामा आगो फैलिएको दृष्य टेलिभिजन च्यानलहरुले प्रसारण गरेका छन् । बीबीसीका एक सम्बाददाताका अनुसार भवन जलेर ढल्ने खतरा छ ।

लण्डन फायर बि्रगेडका अनुसार आगो निभाउन २ सय दमकल प्रयोग गरिएको छ ।

मानवीय क्षतिको विवरण आएको छैन । तर, स्थानीय प्रहरीका अनुसार मानिसहरुलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ ।

प्रत्यक्षदर्शीहरुका अनुसार सुरुमा भवनको सबैभन्दा माथिल्लो तलामा चम्किलो प्रकाश देखिएको थियो । सुरुमा यसलाई टर्च लाइटको उज्यालो ठानिएको थियो तर हेर्दाहेर्दै भवनमा आगो फैलियो ।

प्रतिक्रिया