जातीय समस्याबारे माओको दृष्टिकोण

जातीय समस्याबारे माओको दृष्टिकोण


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १२ माघ २०७२
  • 13.8K
    Shares

अमेरिकाका काला नेता रोबर्ट विलियम, जो उत्तरी क्यारोलिना, मोनरेका काला जाति उत्थान राष्ट्रिय सङ्गठनका पूर्व अध्यक्ष हुन्व । उनले रङ्गभेदविरुद्ध लडिरहेका अमेरिकी काला जातिहरूको संघर्षलाई समर्थन गर्दै वक्तव्य दिनका लागि यसै वर्ष मात्र मलाई दुई–दुईचोटि आग्रह गरेका छन् । चिनियाँ जनताको तर्फबाट म अमेरिकी काला जातिहरूले रङ्गभेदका विरुद्ध, स्वतन्त्रता र समान अधिकारका लागि गरिरहेको संघर्षको दृढतापूर्वक समर्थन गर्दछु ।

संयुक्त राज्य अमेरिकामा १ करोड ९० लाखभन्दा बढी कालाहरू छन् अर्थात् कुल जनसंख्याको झण्डै ११ प्रतिशत । उनीहरू समाजमा दासत्व, उत्पीडन र विभेदको शिकार भएका छन् । ज्यादै ठूलो संख्याका कालाहरू भोट खसाल्ने अधिकारबाट बञ्चित छन् । आम रूपमा उनीहरूलाई पाखुरी लडाउनुपर्ने चर्को र घृणित काममा मात्र लगाइन्छ । उनीहरूको तलब गोरा छाला भएका मान्छेहरूको भन्दा मुस्किलले आधा या एकतिहाइ भन्दा कम हुन्छ । कालाहरू ठूलो अनुपातमा बेरोजगार छन् । थुप्रै राज्यहरूमा कालाहरूलाई गोराहरूसँग एउटै स्कुलमा पढ्न, एउटै टेबलमा बसेर खान र बस वा ट्रेनको एउटै सिटमा बस्न मनाही गरिएको छ ।

रङ्गभेदविरुद्धमा बैठक र आमसभाहरू गरेको निहुँमा हुलका हुल निशस्त्र र निहत्था कालाहरूलाई गिरफ्तार गरेर जङ्गली पाराले दमन गरियो । जुन १२ मा मिसिसिपीका काला नेता मेडगर इभर्सको निर्ममतापूर्वक हत्या गरियो । यस्तो क्रुर हिंसा र दमनले क्रुद्ध भएका कालाहरूले यसरी बहादुरीपूर्वक र तीव्रताका साथ आन्दोलन उठाए कि उनीहरूले काला र अमेरिकाका विभिन्न तह र तप्काका जनताको समर्थन प्राप्त गरे ।

अन्तिम विश्लेषणमा जातीय सघर्ष बर्ग संघर्षसँगै गाँसिएको प्रश्न हो । संयुक्त राज्य अमेरिकाका प्रतिक्रियावादी शासकवर्गहरूले मात्रै कालाहरूमाथि उत्पीडन गर्दै आएका छन् । संयुक्त राज्य अमेरिकी सत्ता, कुलक्स क्लान ग्याङका सदस्य र अन्य रङ्गभेदवादीहरूले कालाहरूलाई मनपरीसँग गिरफ्तार गर्ने, गोद्ने र हत्या गर्ने गरेका छन् । झण्डै आधाजति अमेरिकी कालाहरू दक्षिणका एघार वटा राज्यहरूमा बस्छन् । त्यहाँ उनीहरूमाथि गरिने विभेद र यातना सहन सकिने खालको छैन ।

अमेरिकी कालाहरू जागिरहेका छन् । उनीहरूको प्रतिरोध झन्–झन् बलियो हुँदै गइरहेको छ । हालैका वर्षहरूमा रङ्गभेदका विरुद्ध, स्वतन्त्रता र समान अधिकारका लागि उनीहरूको जनसंघर्ष क्रमशः विस्तार हुँदै गइरहेको छ । सार्वजनिक विद्यालयहरूमा आफ्ना बच्चाहरूलाई पढ्न नदिइएकोमा लिटल रक र अर्कान्ससका कालाहरूले सन् १९५७ मा चर्को संघर्ष गरे । सत्ताधारीहरूले लिटल रक सैनिकहरूलाई प्रयोग गरेर संसारलाई नै मर्माहत बनाउने काण्ड मच्चाए ।

सन् १९६० मा कालाहरूले बीस वटा राज्यहरूमा जातीय भेदभाव–कत्लेआम विरुद्धमा स्थानीय रेष्टुरेन्ट, पसल र अन्य सार्वजनिक ठाउँहरूमा चौबीसै घण्टा प्रदर्शन गरे । अर्थात् ‘सिट–इन’ आन्दोलन गरे । सन् १९६१ मा कालाहरूले सार्वजनिक यातायातका साधनमा उनीहरूमाथि हुने जातीय भेदभावका विरुद्धमा ‘स्वतन्त्रता–र्याली’ नामक अभियान चलाए, त्यो चाँडै अन्य थुप्रै स्टेटहरूमा पनि फैलियो ।

सन् १९६२ मा मिसिसिपीका कालाहरूले कलेजहरूमा उनीहरूलाई पनि कुनै भेदभाव नगरीकन भर्ना गरिनुपर्छ भनेर संघर्ष गरे । तर सत्ताधारीहरूले उनीहरूमाथि हिंसात्मक दमन गरे । यस वर्ष अमेरिकी कालाहरूले बर्मिङ्घम, अलाबाममा अप्रिलको सुरुदेखि नै आफ्नो संघर्ष सुरु गरिसकेका छन् । रङ्गभेदविरुद्धमा बैठक र आमसभाहरू गरेको निहुँमा हुलका हुल निशस्त्र र निहत्था कालाहरूलाई गिरफ्तार गरेर जङ्गली पाराले दमन गरियो । जुन १२ मा मिसिसिपीका काला नेता मेडगर इभर्सको निर्ममतापूर्वक हत्या गरियो । यस्तो क्रुर हिंसा र दमनले क्रुद्ध भएका कालाहरूले यसरी बहादुरीपूर्वक र तीव्रताका साथ आन्दोलन उठाए कि उनीहरूले काला र अमेरिकाका विभिन्न तह र तप्काका जनताको समर्थन प्राप्त गरे । राष्ट्रव्यापी रूपमा झण्डैजसो प्रत्येक सहर र स्टेटमा ठूल्ठूला तथा बलिया प्रदर्शन भए र आन्दोलनले उचाई प्राप्त गरिरहेको छ ।

अमेरिकी कालाहरूको आन्दोलन द्रूत गतिमा विकास हुनु भनेको संयुक्त राज्य अमेरिकामा बर्गसंघर्ष र जातीय मुक्तिसंघर्ष चर्कनु हो । यसले संयुक्त राज्य अमेरिकाका शासकहरूको निदहराम हुन थालेको छ । क्यानेडी सरकारले बडो कुटिल पाराले दुईजिब्रे नीति अघि सारेको छ । एकातिर, यो सरकार आफै कालाहरूमाथि भइरहेको रङ्गभेद जारी राख्न, यातना थोपर्न र यहाँसम्म कि उनीहरूलाई दबाउन सेनासमेत परिचालन गर्ने र उक्साउने काम गरिरहेको छ भने अर्कोतिर, काला जनताहरूको लडाकू इच्छाशक्तिलाई भुत्ते बनाउन तथा देशका आमजनसमुदायलाई धोखाधडीमा पार्न क्यानेडी सरकारले ‘मानवअधिकारको रक्षा’ र ‘कालाहरूको नागरिक अधिकार संरक्षण’ को वकालत, काला जनतालाई ‘मत्थर’ हुन आव्हान र अमेरिकी कांग्रेसमा भने ‘नागरिक अधिकार विधेयक’को प्रस्ताव पेश गरेको छ । तर धेरैजसो कालाहरूले क्यानेडी सरकारको यस्तो कुटिल चाला छर्लङ्गसँग देखेका छन् ।

काला जनताहरूमाथि थोपरेको फाँसिवादी निष्ठुरताले अमेरिकी साम्राज्यवादीहरूको तथाकथित लोकतन्त्र र स्वतन्त्रताको असलियत उदाङ्गो पारिदिएको छ । त्यति मात्रै होइन, यसले अमेरिकी सरकारको आन्तरिक प्रतिक्रियावादी नीति र बाह्य मुलुकहरूमाथि लादिरहेको दमन र हिंसाको नीतिकाबीचमा कसरी लगनगाँठो कस्सिएको रहेछ भन्ने कुरा पनि देखाइदिएको छ ।

मजदुर, किसान, क्रान्तिकारी बुद्धिजीविहरू, बुर्जुवाभित्र रहेका न्यायप्रेमीहरू, गोरा, काला, पहेंला, खैरा जुन कुनै पनि रङ्गका संसारका सबै न्यायप्रेमी जनतालाई म के आव्हान गर्न चाहन्छु भने अमेरिकी कालाहरूको संघर्षलाई दृढतापूर्वक सघाऔं ।

विश्वका ९० प्रतिशत जनताको साथ सहयोगमा अमेरिकी कालाहरूले यो न्यायपूर्ण संघर्ष अवश्य जित्नेछन् । कालाहरूलाई दास बनाएर, कालाहरूलाई किनबेच गरेर फस्टाएको यो उपनिवेशवादी र साम्राज्यवादी तुच्छ व्यवस्था कालाहरूको पूर्ण अधिकार र स्वतन्त्रता प्राप्तिसँगै अस्ताउनेछ ।

अन्तिम विश्लषणमा जातीय संघर्ष वर्गसंघर्षसँगै गाँसिएको प्रश्न हो । संयुक्त राज्य अमेरिकाका प्रतिक्रियावादी शासकवर्गहरूले मात्रै कालाहरूमाथि उत्पीडन गर्दै आएका छन् । त्यहाँका मजदुर, किसान, क्रान्तिकारी बुद्धिजीवी र अरू न्यायप्रमीहरू त्यस्ता उत्पीडक वर्गभित्र पर्दैनन्, उनीहरूका जनसंख्या  अमरिकी गोराहरूकाबीचमा अत्याधिक बहुमतमा रहेको छ ।

अहिले त अमेरिकाका मुठ्ठीभर साम्राज्यवादीहरूले नेतृत्व गरिरहेको समूह, त्यसका पिछलग्गूहरू र विभिन्न मुलुकका प्रतिक्रियावादीहरूले न विश्वका अत्याधिक बहुसंख्यक जनतामाथि उत्पीडन, हिंसा र धाकधम्की दिइरहेका छन् । हामी बहुमतमा छौं, तिनीहरू अल्पमतमा छन् । तिनीहरू विश्वको तीन अर्ब जनसंख्यामध्ये बढीमा १० प्रतिशत छन् । त्यसकारण म के कुरामा निर्धक्क छु भने विश्वका ९० प्रतिशत जनताको साथ सहयोगमा अमेरिकी कालाहरूले यो न्यायपूर्ण संघर्ष अवश्य जित्नेछन् । कालाहरूलाई दास बनाएर, कालाहरूलाई किनबेच गरेर फस्टाएको यो उपनिवेशवादी र साम्राज्यवादी तुच्छ व्यवस्था कालाहरूको पूर्ण अधिकार र स्वतन्त्रता प्राप्तिसँगै अस्ताउनेछ ।

(सन् १९६३ मा अमेरिकामा रंगभेदविरुद्ध कालाजातिले गरेको संघर्षलाई समर्थन गर्दै माओले व्यक्त गरेको मन्तव्य ।)

प्रतिक्रिया