वामपन्थी दल नेकपा एमालेको नेतृत्व अस्थायी रुपमा कब्जा गर्न सफल भएका १० वर्षीय जनयुद्धका कमान्डर रामबहादुर थापा ‘बादल’ले बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा दिएको अभिव्यक्तिले नेपाली राजनीतिमा हलचल मच्चाएको छ।
प्रतिनिधि सभाको पहिलो बैठकमा नेकपा एमालेको कार्यबाहक अध्यक्ष एबम संसदीय सालको नेताको हैसियतमा दिएको आफ्नो मन्तब्यमा उनले “तिब्बेतियन ओरिजिनल ब्लड (TOB) बार्बरा फाउन्डेसन, नेपाली सेना, तत्कालिन प्रधानमन्त्री सुशिला कार्की, algorithm र अदृश्य देशी-बिदेशी शक्तिहरुले राष्ट्रिय स्वतन्त्र पार्टीलाई चुनाब जिताएको” आरोप लगाएका थिए।
माओवादी पृष्ठभूमिका नेता थापाले रास्वपालाई चुनाब जिताउने शक्ति मध्ये एक TOB पनि भएको जिकिर गरिरहँदा गृहमन्त्री सुदन गुरुङले आक्रोश पोखेको दृश्य संसद्को आधिकारिक श्रब्य-दृश्य सामाग्रीमा प्रष्ट देखिएको छ। तात्कालिक उनको प्रतिक्रिया हेर्दा गृहमन्त्री गुरुङले एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ लाई तत्काल कुनै कारबाही गर्न सक्ने आंकलन गरिएको छ। एमालेका कार्यबाहक अध्यक्ष समेत रहेका नेता थापालगायत बिरुद्ध तात्कालिन बिप्लव नेतृत्वको नेकपा माओवादीका नेता कुमार पौडेलको हत्या सम्बन्धमा न्यायिक छानबिन गर्न सर्बोच्च अदालतले आदेश दिएको छ भने उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि मुछिएको बताइने गरिएको छ। गृहमन्त्री गुरुङले नेता रामबहादुर थापाबिरुद्धको फाइलहरु तत्काल खोलेर उनलाई पक्राउ गर्ने त हैनन् ? सर्वत्र आशंका पैदा भएको छ। त्यसो त ढिलोचांडो उनी ती मुद्दामा पक्राउ पर्ने पर्ने अवस्था छ।
हरपल- हरसमय कानूनको फन्दामा पर्न सकिने त्रासमा रहेका उनले सार्वभौम जनताको आवाज उठाइने प्रतिनिधिसभामा राष्ट्र, राष्ट्रियता र जनताका विपरीत भएको यस्तो गम्भीर धोखाको आवाजले सबैतिर तरंग पनि पैदा भएको छ। तर उनको यो अभिव्यक्तिले उनी आफै आफ्नो पार्टी नेकपा एमालेमा अप्ठ्यारोमा परेका छन् भने देशी तथा बिदेशी शक्तिहरुले उनको त्यो अभिव्यक्तिको चर्को बिरोध गर्न शुरु गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रबक्ता मनिष कुमार झाले नेपाली जनताले आफ्नो पार्टीलाई दिएको बिजयको अपमान हुने गरी प्रतिपक्षि दलका नेता थापाले बोलेकोमा आपत्ति जनाएका छन्।
नेकपा एमालेका सचिव योगेश भट्टराइले नेपाली सेनाको बारेमा आफ्नो पार्टीको बुझाइ त्यस्तो नरहेको जिकिर गरेका छन्। सोही पार्टीका नेता बिष्णु प्रसाद पौडेलले त पार्टीका कार्यबाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ले बोलेको उक्त अभिव्यक्ति पार्टीको आधिकारिक नभएको सार्वजनिक अभिव्यक्ति दिएका छन्।
कार्यबाहक अध्यक्षको यस्तो बिबादास्पद भनाइले समग्र एमालेभित्र आँधीबेहरी उत्पन्न भएको छ। त्यहि आँधीबेहरी रोक्नाका लागि आज पार्टीको सचिवालय बैठकको आकस्मिक बैठक डाकिएको छ। एकातिर माओवादी पृष्ठभुमिबाट आएका नेता रामबहादुर थापालाई पार्टीको नेतृत्व दिइएकोम पार्टीभित्रै चर्को बिरोध भैरहेको छ। पार्टी निकट केही युवा र बिद्यार्थी त सडक प्रदर्शनमा नै उत्रिएका छन्। अर्कोतिर पार्टीको नीति विपरीत उनले प्रतिनिधी सभा बैठकमा अभिव्यक्ति दिएकोमा चर्को बिरोध शुरु भएको छ। उनको यस बिबादश्पद ठानिएको अभिव्यक्तिले नेकपा एमालेभित्र चियाको कपमा आएको तुफान जस्तै भएर बिलाएर जाने हो कि कार्यबाहक अध्यक्ष रामबहादुर थापा बादलको राजनीतिक भबिश्यमा नै प्रश्न उठाई छाड्ने हो। त्यो प्रतिक्षाको बिषय बनेको छ। देशी तथा बिदेशी शक्तिहरुसंग समन्वयकारी भूमिका खेल्दै आएको एमालेमा बिगतको क्रान्तिकारी शक्ति माओवादी पार्टीको नेता जसरी दिएको अभिव्यक्ति बारे अब नेपालि जनताले बेलैमा सोचेर अघि बढ्नु पर्ने अवस्था सिर्जना भएको छ।
माओवादी पृष्ठभूमिका एमाले कार्यबाहक अध्यक्ष एबम एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले दिएको यो ‘क्रान्तिकारी’ अभिव्यक्तिले नेपाली जनताको चेत खुल्नुपर्ने देखिएको छ। देशी तथा बिदेशी शक्तिका अगाडी उनले आत्मसमर्पण गर्लान या नगर्लान? त्यो गौण कुरा हो। तर त्यो अभिव्यक्ति देशभक्त, राष्ट्रवादी र क्रान्तिकारी शक्तिहरुको लागि खतराको संकेत हो। तसर्थ त्यस संकेतलाई टार्न सबै एकजुट भएर प्रतिबाद गर्नु पर्ने बेला भएको छ। सबै सजग बनौँ। सबै जागौं। अबिलम्ब सबै उठौँ।
यस्तो थियो बादलले संसद्मा गरेको सम्बोधन
सम्माननीय सभामुख महोदय,
सर्वप्रथम म राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका आफ्नो अमूल्य जीवनको आहूति दिने भाद्र २३ र २४ लगायत सम्पूर्ण ज्ञात, अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
सम्माननीय सभामुख महोदय,
नेपालमा भाद्र २३ र २४ गते अवैधानिक ढंगबाट रास्वपाको अघोषित नेतृत्वमा रंगक्रान्ति सफलतापूर्वक सम्पन्न भयो । फागुन २१ गते आम निर्वाचन मार्फत निलो क्रान्तिलाई वैधानिकता प्रदान गरियो । चैत १३ गते भव्य धार्मिक अनुष्ठान मार्फत श्री बालेन्द्र शाहज्यूलाई प्रधानमन्त्रीको शपथ गराइयो ।
यो ऐतिहासिक विजयका लागि रास्वपा तथा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई म नेकपा एमालेका तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु ।
सम्माननीय सभामुख महोदय,
यो अभूतपूर्व विजयमा आन्तरिक रुपमा क-कसको निर्णायक भूमिका रह्यो, तथ्यहरुले के स्पष्ट गर्दछ भने मुख्य त नेपाली सेना, ब्यूरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबरा फाउण्डेसन एनजीओ आदि संस्था एवं पात्रहरुको यो विजयमा निर्णायक भूमिका रह्यो ।
त्यसैले ती संस्था तथा पात्रहरुलाई पनि म नेकपा एमालेका तर्फबाट धेरै धरै बधाइ भन्न चाहन्छु ।
सम्माननीय सभामुख महोदय,
यो जादुमय विजयका लागि बाह्य दृष्टिले कसकसले निर्णायक भूमिका निर्वाह गरे ? असंख्य तथ्यहरुले के स्पष्ट गर्दछ भने अदृष्य शक्तिहरु, टीओबी, एआई, एल्गोरिदम, गोयबल्सहरु, जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरुलाई खुंखार खलनायक र हत्याराको रुपमा स्थापित गरे ।
जसले देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रहरुलाई महानायक बनाए । ती संस्था र पात्रहरुले नै बाह्य रुपमा यो जादुमय निर्णायक भूमिका खेले । त्यसैले यस ऐतिहासिक क्षणमा म ती सबै पात्रहरुलाई पनि नेकपा एमालेका तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु ।
सम्माननीय सभामुख महोदय,
यो चमत्कारिक विजयले केही असाधरण प्रश्नहरु जन्माएको छ । कुन उद्देश्य प्राप्तिका लागि सिंहदरबार, शितल निवास, बालुवाटार, सर्वोच्च अदालत, राजनैतिक नेतृत्व र निजी निवासहरु, प्रहरी चौकी, व्यवसायिक प्रतिष्ठानहरु सुनियोजित ढंगबाट जलाइयो । कुन उद्देश्य प्राप्तिका लागि कसले ती अवोध विद्यार्थीहरुलाई निषेधित क्षेत्र तोड्न उक्साइयो ?
कुन उद्देश्य प्राप्तिका लागि हतियारबद्ध टीओबीहरु २३, २४ गते तिलस्मी रुपमा प्रकट भए ? कुन उद्देश्य प्राप्तिका लागि गैरकानूनी ढंगबाट पूर्वप्रधानमन्त्री तथा गृहमन्त्रीहरुलाई गिरफतार गरियो ? कुन उद्देश्य प्राप्ति गर्न राजनीतिक नेतृत्वहरुलाई गिरफतार गर्ने प्रपञ्ज रिचिँदैछ ?
कुन उद्देश्य प्राप्तिका निम्ति देशब्यापी रुपमा दमन चक्र र राज्य आतंक मच्याइँदैछ ? कुन उद्देश्य प्राप्तिका लागि विद्यार्थी तथा पेशाकर्मीहरुको संगठित हुन पाउने मौलिक अधिकारहरुलाई बलात् खोसिँदैछ ? कुन उद्देश्यका लागि मिडिया ट्रायल, साइबर आतंकको सिर्जना गरिँदैछ ?
सम्मानीय सभामुख महोदय,
निश्चय पनि यी प्रश्नहरुको भविष्यले सही जवाफ दिदै जानेछ । तर यी प्रश्नहरु र यस्तै यस्तै प्रश्नहरु हामी सम्पूर्ण तागत सहित राज्यलाई सोध्नेछौं । निरन्तर यो गरिमामय सदनमा आवाज घन्काउनेछौ ।
सम्मानीय सभामुख महोदय,
यो ऐतिहासिक क्षणमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनादेश बोकेर आउनु भएका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपा र स्वतन्त्र माननीयज्यूहरुलाई धेरै धेरै बधाई र शुभकामना भन्न चाहन्छु ।
सम्माननीय सभामुख महोदय,
अन्त्यमा, यो अभूतपूर्व विजयले पराजित पक्षलाई पनि गम्भीर शिक्षा दिएको छ । यसले आफ्ना कमकमजोरीहरुलाई सच्याउने अवसर दिएको छ । यो पराजय फगत अस्थायी हो । पराजित सेनाले छिट्टै सिक्दछ । त्यसले पराजयलाई छिट्टै विजयमा बदल्न सक्दछ ।
धन्यवाद ।