नेकपा पुन: ब्युँताउने चिनियाँ चाहना र बिदेशी शक्तिहरुको घेरोमा नेपाली सत्ता

नेकपा पुन: ब्युँताउने चिनियाँ चाहना र बिदेशी शक्तिहरुको घेरोमा नेपाली सत्ता


  • ओम हमाल
  • मंगलबार, २९ असोज २०८१
  • 7.1K
    Shares

पोखरा,२९ असोज २०८१।

दसैं या तिहार लगत्तै भारतको समर्थनमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गथाबन्धन्म नयाँ सरकार गठन हुने राजनीतिक चर्चा चलिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका विश्वासपात्र बर्षमान पुन ‘अनन्त’ ले नेपाल कम्युनिष्ट पार्टी ब्युँताउन लागिएको खबर सार्वजनिक गरिदिएका छन्।

माओवादी केन्द्रभित्र चीन निकट मानिएका नेता बर्षमान पुन ‘अनन्त’ ले आफुसंग “नेपाल कम्युनिष्ट पार्टी ब्युँताउने बारे सहमति भैसकेको” जानकारी दिएको रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले जानकारी दिएका छन्। पत्रकार धमलाका अनुसार , एमाले पार्टी अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने र दुई पटक मुलुकको राष्ट्रपति भैसकेकी नेत्री विद्यादेवी भण्डारीको नेतृत्वमा अन्य बामपन्थी दलहरुलाई समेत सहभागी गराएर “नेपाल कम्युनिष्ट पार्टी ब्युँताउने बारे सहमति भएको छ।

त्यसो त् नेत्री भण्डारी स्वयम्ले केही दिन अघि मात्र आफू पार्टीको नेतृत्वमा फर्किने सम्भावना सकिइ नसकेको सार्वजनिक अभिव्यक्ति दिएकी थिइन्। उनले पार्टी नेतृत्वमा फर्किन राष्ट्रपतिका रुपमा राज्यले दिएका कुनै सुबिधा लिएकी छैनिन्।

त्यसो त छिमेकी देश चीन नेपालमा कायम हुने स्थायित्वमा नै आफ्नो हित सम्झन्छ र ऊ जसरी पनि नेपालका कम्युनिष्टहरु एक भएको हेर्न चाहिरहेको राजनीतिक विश्लेषकहरु बताउछन। कम्युनिष्ट एकताका लागि केपी शर्मा ओली बाधक रहेको चीनको बुझाइ रहेको बताइएको छ।

ओलीको अन्य नेताहरुलाई होच्याउने र हेप्ने प्रवृत्तिका कारण अन्य कम्त्युनिष्ट पार्टीका नेताहरु उनको नेतृत्वमा एकीकृत हुन आनाकानी गरिरहेको तितो यथार्थ सर्वत्र खुल्लै छ। यस्तो अवस्थामा दुई – दुई पटकसम्म राष्ट्रपति भैसकेको व्यक्तित्व र अलिक नरम स्वभावकी नेत्री विद्यादेवी भण्डारीलाई चीनले छनोट गरेको समाचारस्रोतहरुले बताएका छन्। उनको नेतृत्वमा अन्य कम्युनिष्ट पार्टीहरु एकीकृत हुन् तयार हुने चीनको बुझाई छ।

त्यसो त लोकतान्त्रिक मुल्य र मान्यता विपरीत् भारतको इशारामा नेपालमा संसद्को दुइ ठुला दलहरु एमाले र कांग्रेस सम्मिलित वर्तमान सत्तारुढ गठबन्धन बनेको अवस्थामा नेपालमा चिनियाँ कुटनीति कमजोर भएको ठानिएको छ।

संसदका दुई ठुला दल मिलेर नयाँ गठबन्धन नयाँ सत्ता समीकरण बनाए पछि सत्ताच्युत भएको माओवादी केन्द्रका नेताहरुले नेकपा ब्युँताउने प्रयास भैरहेको भनेर कार्ड फालेको हुनसक्ने अनुमान पनि गरिएको छ। आफुसंग ३२ सांसदको पावर रहेका प्रचण्डले त्यस ३२नम्बर लाई म्याजिक नबर भनेका छ्न र यो कांग्रेस एमाले नेतृत्वको गठबन्धन रहुन्जेल उनको म्याजिक नम्बरको अर्थ नहुने स्पस्ट छ। जसकाकारण उनी अहिलेको गठबन्धन रहुन्जेल सदैब सत्ता बाहिर रहनु पर्ने स्पस्ट छ। त्यही भएर उनी जुनसुकै हालतमा सत्तामा पुग्नका लागि गोटीहरु चालिरहेका छन्।

उनले सत्तामा पुग्न म्याजिक नम्बर त मेरुदण्ड नै हो , त्यसका अलावा उनले बेला – बेलामा समाजवादी मोर्चाको रट्टान पनि दिने गर्छन। जब उनी सत्तामा पुग्छन उनले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी , बिप्लव नेतृत्वको नेकपा लगायतका असाना दलहरु सम्मिलित समाजवादी मोर्चा बिर्सिदिन्छन पनि।

एकीकृत जनक्रान्तिको नाममा १९ जना आफ्ना नेता – कार्यकर्ता र सर्वसाधारण जनताको हत्या गरेर कुम्ल्याएको करोडौं रुपियाँ र करीब दुईसय बिगाहा जग्गा अनि भक्तपुर र कपिलवस्तुमा दुई दरबार खडा गरेका “नवसामन्त” विप्लब यहि संसदीय ब्यबस्था अन्तरगत यो देशको प्रधानमन्त्री बन्ने सपना देखिरहेका छन् र उनी माओवादी केन्द्रसँग बिलय हुन् तयार भएका छन्। सम्भवत: उनी छिट्टै नै माओवादी केन्द्रसँग पार्टी एकताको घोषणा गरेका हुनेछन र माओवादी केन्द्रको नेताका अरुप्मा संसदीय ब्यबस्ताह्को बखान गर्दै भाषण गरेका हुनेछन।

प्रचण्डले समाजवादी मोर्चालाई अगाडी बढाउनेमा सशंकित बनेका माधव नेपालले अहिले त्यस मोर्चालाई कसरी अगाडी बढाउने भन्ने बारेमा सोचिरहेका छन् किनिकी उनको पार्टी पनि अति कमजोर अवस्थामा पुगेको छ। यस्ती अवस्थामा अन्य साना कम्युनिष्ट दलहरु सम्मिलित गरेर बन्ने समाजवादी मोर्चाको अर्थ र प्रभाव न्यून हुनेछ।

सत्ताच्युत भएपछी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त्यही समाजवादी मोर्चालाई देखाएर मुलुकमा आँधीबेहरी ल्याइदिने धम्कि पनि दिएका थिए। त्यस लगत्तै उनको पारिवारिक सदस्यहरुले भारतमा पुगेर भारतमै रहेकी कांग्रेस नेत्री डा. आरजु देउबामार्फत भारतसंग भेटघाट गरी कांग्रेस र माओवादी सम्मिलित गरेर नयाँ गठ्बंदहं बनाउने सहमति गरेको समाचार स्रोतहरु बताउछन। सोहि सहमति बमोजिम प्रधानमन्त्री ओलीको एकसय दिन पुगे लगत्तै गठबन्धन परिवर्तन हुने राजनीतिक वृत्तमा चर्चाको बिषय बनिरहेको छ। त्यो संकेत प्रचण्डले पोखरा पुगेका बेला आफ्नो पार्टी निकट पत्रकारहरुसंग कुरा गर्दा “अबका दिहरुमा कांग्रस निकट पत्रकार संगठनसंग समन्वय गरेर अघि बढ्न ” निर्देशन दिएका थिए। प्रचण्डको यस निर्देशनले पनि सत्ता परिवर्तनको संकेत गरेको छ। ओली प्रधानमन्त्री बनेको ९० दिन पुगेको छ। अबको १० दिन पछिका दिनहरु एमाले अध्यक्ष समेत रहेका ओलीका लागि चुनौतीपूर्ण हुनेछन्।

अहिले ओली सरकार बनेपछि ब्यापक अनुसन्धान भै चर्चामा रहेका नक्कली भुटानी शरणार्थी काण्ड, बाँसबारी छालाजुत्ताको जग्गा काण्ड , बालुवाटार जग्गा काण्ड, सुन काण्डका बारेमा देख्न त् के सुन्न पनि छाडिएको छ मुलुकमा ८७ अर्ब रुपियाँ अपचलन भएको भनिएको सहकारी ठगी प्रकरणमा ६५ करोड रुपियाँ अपचन मुद्दमा राष्ट्रिय स्वतन्त्र आरती सभापति रबि लामिछानेमाथी मात्र सरकार र सरकारी निकायहरु खनिएका छन्। हो रबि लामिछानेले रकम अपचलन गरेका हुन् भने कारबाही हुने पर्छ यसमा दुई मत छैन। तर ६५ करोडमा जनतालाई अल्झाएर ८७ अर्ब रुपियाँ पचाउने कांग्रेस एमाले र माओवादी केन्द्रका नेता – कार्यकर्ता बचाउने खेल पक्कै पनि राम्रो हैन। जनता बेलैमा जाग्नु पर्ने बेला आएको छ।

सत्ता साझेदार नेपाली कांग्रेस रबि लामिछाने समातिहालने पक्षमा देखिएको भए पनि ओली तत्काल पक्राउ गरिनुपर्नेमा सकारात्मक नदेखिएको जस्तो देखिएको छ। किनकि माओवादी केन्द्र मुखौटाहरुले त ढ्वांग फुकेर हल्ला गरिसकेका थिए कि “रबि लामिछानेले दशैंको टिका पनि लगाउन नपाउने भए” भनेर।

एमाले अध्यक्ष समेत रहेका ओलीका चुनौतीपूर्ण दिनहरु शुरु हुने लाग्दा कि उनले भारतसंग सम्झौता गरेर आफ्नो सत्ता जोगाउनुपर्नेछ, हैन भने सत्ताच्युत भएर पार्टीभित्रको किचलो सामना गर्नु पर्ने देखिन्छ।

अहिलेको अवस्थामा पार्टीभित्रको किचलो सामना गर्न पनि ओलीला सहज छ जस्तो देखिदैन। पार्टीभित्र महासचिव शंकर पोखरेलले देश अब दुई दलीय ब्यबस्थामा जानुपर्ने बिचार अघि सारेका छन् भने , त्यस बिचारले पार्टीको तल्लो तहसम्म विभाजन आएको छ।

एकातिर आफ्नो सत्ता जोगाउन भारतसंग समझौता गर्नुपर्ने र अर्कोतिर पार्टीभित्रै चलेको अन्तरसंघर्षले ओलीका लागि गोलीसरह हुने जस्तो देखिदैछ। त्यही गोली हानेका छन्, माओवादी केन्द्रका नेता बर्षमान पुन “अनन्त”ले। ओली सत्ताच्युत हुनासाथ नेपालमा कम्युनिष्ट पार्टी एकीकृत वा ध्रुविकृत हुने बारेमा ब्यापक चर्चा हुने र अभियान नै चलन सक्ने धेरैको अनुमान छ।

माओवादी केन्द्रका नेता बर्षमान पुन अनन्तले भने जस्तो नेकपा ब्युँताउने बारेमा सहमति भएको हो भने एमालेलाई फालेर कांग्रेससंग गर्ने भनिएको गठबन्धनामा माओवादी केन्द्र सहभागी होला त ? त्यस्त्यो अवस्थामा एमाले भित्रका नेता कार्यकर्ताले नेकपा ब्युन्तौने कुरामा सहमति जनाउलान् त् ? माओवादी केन्द्र सत्तामा नि जाने र नेकपा ब्युँताउने कुरा एकै पटक सम्भव होला ? सत्तामा नि जाने र नेकपा ब्युँताउने कुराले माओवादी केन्द्रमा शान्ति कायम होला ? सत्ताच्युत बनेपछि ओलीले सहजै नेकपा ब्युन्ताउन देलान ? प्रश्नमाथि प्रशंका ओइरोहरु आउनेछन र पनि अन्तिम जटिल प्रश्न यो बनेर आउने छ कि नेपालको सार्वभौमसट्टा नेपालीको हातमा कायमै छ त ?

संसदका दुई ठुला दल मिलेर संबिधान संशोधन गर्ने मूल लक्ष्य्का साथ् गठन भएको वर्तमान कांग्रेस एमाले गठबन्धनले चरम राजनीतिकरण गरेका कारण जनताले न्याय पाउने आशाहरु मार्दै गएका छन्। न्याय पाउन आफ्नै पार्टी निकट न्यायाधिश कुर्नुपर्ने बाध्यता छ। प्रहरीमा उजुरी लिएर गए प्रहरी अनुसन्धान त गर्ला नगर्ला थाहा छैन, उजुरी दर्ता गर्न पनि माथिको आदेश कुरेर बस्छ। बजार भाउमा महंगी बढेको छ, तर सरकारी निकायहरु कागजको खोसोत देखाएर बजारको मूल्य बढेको छैन भन्छन। बिरोध गर्नासाथ बिरोधीहरुलाई समात्न पुग्छ। नेपालको लोकतन्त्र र संबिधान कोमामा पुगेको छ।

कोमामा पुगेको संविधानलाई धोती लगाउदै नेताहरु आफ्ना समर्थक नेता-कार्यकर्ताहरुलाई बचाउन सत्तालाई जुवाको खालमा राखिरहेका छन् र त्यो सतारुपी जुवाखालको चापी उनीहरुले जुवा बिदेशी शक्तिहरुलाई दिएका छन्। यतिबेला हाम्रो देशका नेताहरु स्वबिबेकाले निर्णय गर्न सक्दैनन्।

प्रतिक्रिया