नेपाल मगर संघको नयाँ नेतृत्व चयन : अध्यक्ष बने रक्षबहादुर रैका मगर

नेपाल मगर संघको नयाँ नेतृत्व चयन : अध्यक्ष बने रक्षबहादुर रैका मगर


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १२ जेष्ठ २०८३
  • 836
    Shares

पोखरा, १२ जेठ २०८३।

नेपाल मगर संघको केन्द्रीय अध्यक्षमा रक्षबहादुर रैका मगर निर्वाचित भएका छन्।

काठमाडौँमा सोमबार साँझ सम्पन्न संघको १३औँ राष्ट्रिय महाधिवेशन अन्तरगत नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा धनबहादुर पुन मगरलाई पराजित गर्दै रैका मगर अध्यक्ष निर्वाचित भएका हुन्।

काठमाडौँमा सोमबार साँझ सम्पन्न मगर सङ्घ केन्द्रीय कार्यसमितिको १३औँ राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा रक्षबहादुर रैका मगर एकसय ९६ मतसहित अध्यक्षमा निर्वाचित भए भने उनको निकटतम प्रतिद्वन्द्वी धनबहादुर पुन मगरले एकसय ३३ मत पाएको निर्वाचन मण्डलले जानकारी दिएको छ ।

महाधिवेशनमा सहभागी पांच सय ९८ प्रतिनिधिमध्ये निर्वाचनमा पाँचसय ७५ जना सहभागी भएका थिए ।

समितिको वरिष्ठ उपाध्यक्षमा टेकबहादुर नाम्जाली मगर तथा उपाध्यक्ष महिलामा सीता रानामगर, खुलातर्फ कविराज मगर र तेजबहादुर आलेमगर, उपाध्यक्ष सांस्कृतिकतर्फ दीपसागर मगर, उपाध्यक्ष मगर ढुटमा हर्क आलेमगर, मगर खाममा जीवन प्रवेश रोकाय मगर र मगर काइकेमा भीम मगर निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा होमराज खपाङ्गी मगर, उपमहासचिव महिलातर्फ मञ्जु थापा मगर, उपमहासचिव खुलामा सिद्धान्त जर्घा मगर, खगेन्द्र पुनमगर र हिरूसरा रानामगर निर्वाचित भए । सचिवमा विष्णुबहादुर रानामगर, सचिव झविन्द्र पुनमगर र तारामाया थापा मगर निर्वाचित भएको प्राप्त जानकारीमा उल्लेख छ।

\साथै कोषाध्यक्षमा पूर्ण राना मगर र सह–कोषाध्यक्षमा गायत्री मगर, लेखा संयोजकमा योवनकुमार राना मगर र निर्वाचन समिति संयोजकमा धर्मबहादुर घर्ती मगर निर्वाचित भएको निर्वाचन मण्डलका सदस्य अधिवक्ता मनोज घर्तीमगरले जानकारी दिए । साथै सदस्यहरुमा जुनु पुनमगर, गिरमान गाहा मगर, रमेश पुनमगर, इन्द्र सारू मगर, रमेश थापामगर, महेश राना मगर, तारा राईका मगर र लक्ष्मी मगर निर्वाचित भएका छन् ।

प्रतिक्रिया