जाजरकोटमा एकाबिहानै ४.२ म्याग्निच्यूडको भूकम्पको धक्का

जाजरकोटमा एकाबिहानै ४.२ म्याग्निच्यूडको भूकम्पको धक्का


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ पुष २०८१
  • 5.9K
    Shares

भुकम्प

पोखरा,११ पुष मंसीर २०८१।

जाजरकोट केन्द्रविन्दु बनाएर बिहीबार एकाबिहानै भूकम्प गएको छ।

जाजरकोटको नायकवाडा आसपास केन्द्र बनाएर बिहीबार बिहान ६ बजेर ३३ मिनेटमा ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्प आसपासका जिल्लामा समेत महशुस गरिएको छ।

यसअघि मंगलबार दार्चुला केन्द्रविन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको थियो। गत वर्षको कात्तिकमा जाजरकोट नै केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पले ठूलो मात्रामा क्षति गराएको थियो।

प्रतिक्रिया