काठमाडौँ २१ भदौ २०८२ ।
अन्तत : नेकपा एमालेको दोश्रो बिधान महाधिबेशनपश्चात नेकपा एमाले विभाजित हुने प्रबल सम्भावानाहरु देखिएका छन्।
सार्वजनिक रुपमा नै जनताको बहुदलीय जनवादका प्रणेता तात्कालिन महासचिव मदन भण्डारीलाइ “चार वटा श्रीमती रहेको र सहकारी ठग भन्थे” भनेर भण्डारीको आलोचना गरेका एमालेका वर्तमान एमालेका अध्यक्ष एबम प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको दोश्रो बिधान महाधिबेशनमा ‘नेपाली विशेषताको समाजवाद’ नामको आफ्नो दस्ताबेज अघि सारेका छन्।
तात्कालिन महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रितले अघि सारेको दस्ताबेज “जनताको बहुदलीय जनवाद”का बिरुद्ध पार्टीको दोश्रो बिधान महाधिबेशनमा एमालेका वर्तानान अध्यक्ष केपी शर्मा ओलीलेले आफ्नो दस्ताबेज ‘नेपाली विशेषताको समाजवाद’ अघि सारेका छन् र यो दस्ताबेज यस बिधान महाधिबेशनले प्रचण्ड बहुमतका साथ् पारित गर्ने देखिएको छ। त्यति मात्र हैन, यस बिधान महाधिबेशनले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीलाई थप शक्तिशाली बनाउने गरी प्रस्ताबहरु पारित गर्ने तयारीमा रहेको बिशेष महाधिबेशनमा सहभागी प्रतिनिधिहरुले बताएका छन्।
शुक्रबारबाट सुरु भएको एमालेको दोस्रो विधान महािधवशेनमा प्रस्तुत गरिएको अध्यक्ष ओलीको प्रतिवेदनमा नेपाली विशेषताको समाजवादको चर्चा र व्याख्या गरिएको छ । नेकपा एमालेले पाँचौँ महाधिवेशन (२०४९ साल) देखि हालसम्म जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा अँगाल्दै आएको छ । २०७४ सालमा माओवादी केन्द्रसँग पार्टी एकता गरेर नेकपा बनाउँदा जबजलाई थाती राखिएको थियो l सर्वोच्च अदालतले नेकपा भंग गराइ दिएपछि नेकपा एमालेले जबजलाई फेरि अङ्गीकार गरेको थियो l
अध्यक्ष ओलीले नेपाली विशेषताको समाजवादले प्रतिस्पर्धात्मक, जनमुखी र पारदर्शी आर्थिक नीति अवलम्बन गर्ने व्याख्या गरेका छन् । अध्यक्ष ओलीले अघि सारेको नेपाली विशेषताको समाजवादको मुख्य विशेषतामा नयाँ प्रगतिशील उत्पादनको सम्बन्धको विकासमा सहयोग,उत्पादक शक्तिको विकास, श्रमजिवी वर्गलाई आर्थिक न्याय र सुखद जीवनयापनको सुनिश्चितता, आर्थिक उत्पादनको प्रचुरता, समन्यायिक वितरण, सहकारिताको प्रयोग पर्यावरणको रक्षा, श्रमलाई प्रोत्साहन तथा उन्नयन, नवप्रवर्तन र आवश्यकता अनुरूप ग्रहण गर्दै तीव्र आर्थिक विकास सुनिश्चित गरिने उल्लेख छ ।
त्यसका साथै नेपाली समाजको विशेषताको रूपमा रहेको बहुलता र विविधतालाई समाजवादी राज्यप्रणालीमा सामञ्जस्यका साथ अगाडि बढाइने ओलीको दस्ताबेजमा उल्लेख छ । ‘एकरूपतामा एकता होइन, विविधतामा एकतालाई प्रवर्धन गरिनेछ’, ओलीको प्रस्तावमा भनिएको छ ।
ओलीले नेपाली विशेषताको समाजवादको अनिवार्य कार्यभारमा राष्ट्रिय हितको रक्षा, राष्ट्रिय स्वाभिमान, पहिचान र स्वाधीनताको रक्षा तथा विकास भनेर नवीन व्याख्या गरेका छन् । उनले नेपाली विशेषताको समाजवादको एक मुख्य आधार ‘परिपूर्ण लोकतन्त्र’ भन्दै लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यताहरूलाई आत्मसात् गर्ने उल्लेख गरेका छन् ।
‘संविधानको सर्वोच्चता, विधिको शासन, मानव अधिकार, शक्ति पृथकीकरण र आवधिक निर्वाचन जस्ता विषयहरू राज्य सञ्चालनका अभिन्न विषय हुनेछन्’, ओलीले अघि सारेको विचारमा भनिएको छ, ‘दलहरूको बिचको प्रतिस्पर्धा सुनिश्चित गरिनेछ । जनताको अभिमतबाट मात्रै शासन सञ्चालन गर्ने, अनिर्वाचित सत्ता नहुने कुराको प्रत्याभूति गरिनेछ ।’
अध्यक्ष ओलीले अघि सारेको नेपाली विशेषताको समाजवाद राज्य प्रणालीको प्रस्ताव विधान महाधिवेशनले हुबहु पारित गरेमा नेकपा एमालेले जबजको साटो ‘नेपाली विशेषताको समाजवाद’लाई केही समयभित्रै आफ्नो मूल सिद्धान्त बनाउन सक्छ ।
एमलीको यस बिधान महाधिबेशनले ओलीको ‘नेपाली विशेषताको समाजवाद’ नामको दस्ताबेज पारित गरेमा ७० वर्षीय उमेर हद र दुई कार्यकालको नीति पनि हट्नेछ। त्यसपछि ओलीले जसको नीति उसकै नेतृत्व भन्दै पार्टीभित्र हुँडलो मच्चाउनेछन र आफु जीवित रहुन्जेल पार्टीको नेतृत्वमा रहिरहने छन्।
एमालेको दोश्रो महाधिबेशनले ओलीको ‘नेपाली विशेषताको समाजवाद’ नामको दस्ताबेज पारित घरे पछि तात्कालिन महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रितले अघि सारेको जनताको बहुदलीय जनवाद पक्षधरहरु पार्टीमा अल्पमतमा पर्नेछन। अल्पमतमा रहेका जनताको बहुदलीय जनवाद पक्षधरहरुले कि त जनवाद अनुरुप ओलीले अघि सारेको ‘नेपाली विशेषताको समाजवाद’ स्वीकार्नु पर्नेछ, अन्यथा उनॆएहरुसंग बिधान महाधिबेशन सकिए लगत्तै बिद्रोह गर्नुको विकल्प रहने छैन। बिधान महाधिबेशनमा जनताको बहुदलीय जनवादको पक्षमा उभिएका अझ भनौं पूर्व रास्ट्रपति बिध्या भण्डारीको वकालत गर्ने नेता तथा कार्यकर्ताहरुका लागि भने आगामी दिनहरु कष्टकर हुनेछन।
लामो समयदेखि एमालेमा ठुलो लगानी गरेका तत्कालिन बरिष्ठ उपाध्यक्ष डा. भिम रावल अहिले एमालेबाट गलहत्याइएका छन्। जननेता एबम जबजका प्रणेता मध्येका एक मदन भण्डारी की धर्मपत्नी तथा मुलुकको दुई पटकसम्म राष्ट्रपति बनेकी बिद्या भण्डारी र उनीहरूकी छोरी उषा तिमिल्सिना समेत पार्टीबाट निकालिएका छन्। यस्तो अवस्थामा बिगतमा जबजको पक्षमा उभिएका र दोश्रो बिधान महाधिबेशन पछि ओलीले अघि सारेको ‘नेपाली विशेषताको समाजवाद’ को पक्षमा उभिन खोज्नेहरुका लागि एमाले फलामको च्युरा चपाए जस्तै हुनेछ। त्यस्तो बेलामा जबजका पक्षधरहरु आत्मसम्मान गुमाएर ओलीको छातामुनी बस्नु वा बिद्रोह गर्नु भन्ने दुइ बिकल्पमा विभाजित हुनेछन।
एमालेको दोश्रो बिधान महाधिबेशन सम्पात भएपछी उक्त पार्टीमा हुनसक्ने बिद्रोहको नेतृत्व गर्न एमालेका तात्कालिन महासचिव मदन भण्डारी कि धर्मपत्नी बिद्या भण्डारी लागि परेकी छिन। छिमेकी देश चीनको सहयोगमा उनी नेपालका बामपन्थी दलहरुलाई एकजुट बनाउञ्जे अभियानमा पनि लागेकी छिन। उनका लागि पनि अर्को एउटा धर्मसंकट आइपर्ने देखिएको छ।
बिद्या भण्डारीका लागि एमालेले अलपत्र छाडेको जनताको बहुदलीय जनवादलाई बोकेर अघि बढ्ने कि चीनले बोकाएको नेपालका कम्युनिष्टहरुलाई एक बनाएर लैजाने भारी बोक्ने भन्ने धर्मसंकट पर्ने देखिएको छ।
अहिलेल्सम्मको स्थितिमा हेर्दा भण्डारीले पार्टीको बिधान महाधिबेशनमा नेता कर्ण थापा मार्फत आफ्नो दस्ताबेज पेश गरेकी छिन र उनले भिडियो तथा चिठी मार्फत आफु एमाले नेता तथा कार्यकर्ताहरुको पक्षमा रहेको संदेश पनि दिएकि छिन।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले साउन पहिलो साता आफ्नै निवास भंगालमा केही सञ्चारकर्मीहरूसँगको भेटका क्रममा भनेकी थिइन्, ‘एमालेले जबज नै छोड्ने त होइन भन्ने चिन्ता लाग्न थालेको छ ।’
भण्डारीले जतिबेला यस्तो चिन्ता प्रकट गरिरहेकी थिइन्, त्यतिबेला बेला उनको सक्रिय राजनीति र पार्टी सदस्यताको बारेमा पार्टीभित्र र बाहिर समेत चर्को बहस भइरहेको थियो ।
भण्डारीले कुन सूचना र उद्देश्यका आधारमा जबजको कुरा कोट्याएकी हुन्, त्यो उनैले जानुन् । तर, उनले यस्तो चिन्ता प्रकट गरेको डेढ महिनापछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ विचार अघि सारेका छन् ।
Shivam Cement
जुन एमालेले मान्दै आएको र तत्कालीन महासचिव मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) लाई बिस्तारै किनारकृत गर्नेगरी ‘नेपाली विशेषताको समाजवाद’ अघि सारेको बुझ्न कठिन छैन ।
Embark college
शुक्रबारबाट सुरु भएको एमालेको दोस्रो विधान महािधवशेनमा प्रस्तुत गरिएको अध्यक्ष ओलीको प्रतिवेदनमा नेपाली विशेषताको समाजवादको चर्चा र व्याख्या गरिएको छ ।
नेकपा एमालेले पाँचौँ महाधिवेशन (२०४९ साल) देखि हालसम्म जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा अँगाल्दै आएको छ ।
त्यसो त २०७४ सालमा माओवादी केन्द्रसँग पार्टी एकता गरेर नेकपा बनाउँदा जबजलाई थाती राखिएको थियो l सर्वोच्च अदालतले नेकपा भंग गराइ दिएपछि नेकपा एमालेले जबजलाई फेरि अङ्गीकार गरेको थियो l
दोस्रो पटक एमाले विभाजन भएपछि पनि जबजको पक्षमा अडान लिँदै आएका उनै एमाले अध्यक्ष केपी शर्मा ओली पछिल्लो कालखण्डमा भने जबजको विकल्प खोज्न पुगेको संकेत गरेका छन् ।
अध्यक्ष ओलीले नेपाली विशेषताको समाजवादले प्रतिस्पर्धात्मक, जनमुखी र पारदर्शी आर्थिक नीति अवलम्बन गर्ने व्याख्या गरेका छन् ।
अध्यक्ष ओलीले अघि सारेको नेपाली विशेषताको समाजवादको मुख्य विशेषतामा नयाँ प्रगतिशील उत्पादनको सम्बन्धको विकासमा सहयोग,उत्पादक शक्तिको विकास, श्रमजिवी वर्गलाई आर्थिक न्याय र सुखद जीवनयापनको सुनिश्चितता, आर्थिक उत्पादनको प्रचुरता, समन्यायिक वितरण, सहकारिताको प्रयोग पर्यावरणको रक्षा, श्रमलाई प्रोत्साहन तथा उन्नयन, नवप्रवर्तन र आवश्यकता अनुरूप ग्रहण गर्दै तीव्र आर्थिक विकास सुनिश्चित गरिने उल्लेख छ ।
त्यसका साथै नेपाली समाजको विशेषताको रूपमा रहेको बहुलता र विविधतालाई समाजवादी राज्यप्रणालीमा सामञ्जस्यका साथ अगाडि बढाइने ओलीको दस्ताबेजमा उल्लेख छ । ‘एकरूपतामा एकता होइन, विविधतामा एकतालाई प्रवर्धन गरिनेछ’, ओलीको प्रस्तावमा भनिएको छ ।
ओलीले नेपाली विशेषताको समाजवादको अनिवार्य कार्यभारमा राष्ट्रिय हितको रक्षा, राष्ट्रिय स्वाभिमान, पहिचान र स्वाधीनताको रक्षा तथा विकास भनेर नवीन व्याख्या गरेका छन् ।
उनले नेपाली विशेषताको समाजवादको एक मुख्य आधार ‘परिपूर्ण लोकतन्त्र’ भन्दै लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यताहरूलाई आत्मसात् गर्ने उल्लेख गरेका छन् ।
‘संविधानको सर्वोच्चता, विधिको शासन, मानव अधिकार, शक्ति पृथकीकरण र आवधिक निर्वाचन जस्ता विषयहरू राज्य सञ्चालनका अभिन्न विषय हुनेछन्’, ओलीले अघि सारेको विचारमा भनिएको छ, ‘दलहरूको बिचको प्रतिस्पर्धा सुनिश्चित गरिनेछ । जनताको अभिमतबाट मात्रै शासन सञ्चालन गर्ने, अनिर्वाचित सत्ता नहुने कुराको प्रत्याभूति गरिनेछ ।’
अध्यक्ष ओलीले अघि सारेको नेपाली विशेषताको समाजवाद राज्य प्रणालीको प्रस्ताव विधान महाधिवेशनले हुबहु पारित गरेमा नेकपा एमालेले जबजको साटो ‘नेपाली विशेषताको समाजवाद’लाई केही समयभित्रै आफ्नो मूल सिद्धान्त बनाउन सक्छ ।