पोखरा/ आन्तरिक प्रतिभालाई उजागार गर्ने गहिकिलो माध्यम बनेको ‘मिस टिन गण्डकी’को तेस्रो सस्करणको शनिबार साँझ अडिसन गरिएको थियो ।
विभिन्न उमेर समूहका २५ जना युवतीले दिएको अडिसनमा २० जनाले आफुलाई अब्बल ठह¥याए । मिस टिन गण्डकीको तेस्रो सस्करणलाई ब्रेभ इन्टरटेनमेन्टले एकमहिनापछि ग्राण्ड फिनाली गर्दै टुग्याउने छ । त्यसको लागि २० जना युवतीलाई विभिन्न प्रशिक्षण समेत गराई प्रतिभा निखार्ने अभियानमा इन्टरटेनमेन्ट प्रालि जुट्ने प्रालिका अध्यक्ष दिपकबहादुर गोदारले बताए । ‘एक महिनाका प्रशिक्षणपछि ग्राण्ड फिनालेमा उतार्ने छौं ।’ उनले भने ।
छनोट भएका युवतीहरुले ¥याम्प नाप्ने छन् । हिड्नेदेखि खानपान सबैमा ध्यान पु¥याउने छन् । जिप्सन जुम्बाले आवश्यक जुम्बा सम्बन्धी प्रशिक्षण दिने छ । त्यसपछि विभिन्न व्यक्तित्वले विभिन्न प्रशिक्षण गराउने छन् । जसले उनीहरुको व्यक्तित्वसँगै ‘व्युटी विन बे्रन’लाई मुर्त रुपमा ढाल्ने छन् ।
युवा व्यवसायी असिम गुरुङ, मिस टिन पहिलो सस्करणकी उपविजेता अनुपमा पुरी, इभेन्ट आयोजक तथा मोडेल लविश गुरुङ, फेशन डिजाईनर सुष्मा प्रधान लम्साल, फेशन कोरियोग्राफर विजय क्षत्रीले छनोट गरेका थिए ।
रक ल्याण्ड रेष्टुरेण्ट एण्ड बारमा गरिएको अडिसन ५ घण्टासम्म चलेको थियो । तस्वीर—अनुप गुरुङ