डडेल्धुरामा निर्वाचनकाे स्करपियो गाडी दु‘र्घटना : सैनिक र सशस्त्रसहित पाँच जना घा‘इते

डडेल्धुरामा निर्वाचनकाे स्करपियो गाडी दु‘र्घटना : सैनिक र सशस्त्रसहित पाँच जना घा‘इते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ माघ २०८२
  • 10K
    Shares

पोखरा १७ माघ २०८२।

डडेल्धुरामा जिल्ला निर्वाचन कार्यालय डाेटीकाे सरकारी स्कारपियो जिप दु‘र्घटना हुँदा पाँच जना घा‘इते भएका छन् ।

डडेल्धुराबाट दिपायल तर्फ जाँदै गरेको जिल्ला निर्वाचन कार्यालय डोटीको सरकारी गाडी जिल्लाको अमरगढी नगरपालिका ११, रडुवा खोला स्थित केआईसिंह राजमार्गमा दु‘र्घटना ग्रस्त हुँदा पाँच जना घा‘इते भएका हुन् ।

प्रहरीका अनुसार, उक्त दु‘र्घटना घाइते हुनेहरुमा अजयमेरु गाउँपालिका–६ घर भइ डोटीका निर्वाचन अधिकृत रहेका ४२ वर्षीय करुणाकर पन्त, बर्दिया घर भइ सशस्त्र प्रहरी बल ३६ नं. गण डोटीमा कार्यरत ४० वर्षीय सुमन चौधरी, तनहुँ भानु नगरपालि घर भइ नेपाली सेना भैरवनाथ गण डोटीमा कार्यरत ३८ वर्षीय सुर्यबहादुर कोइराला, गन्यापधुरा गाउँपालिका–३ का ३० वर्षीय मिनबहादुर बोहरा र डोटीको दिपायल सिलगढी नगरपालिका–५ का ४५ वर्षीय चालक तेजबहादुर अधिकारी रहेका छन्। घा‘इते सबैको अ‘वस्था सा‘मान्य रहेको प्रहरीले जनाएको छ।

उक्त स्कारपियो अ‘नियन्त्रित भई सडक छेउमा ठो‘क्किँदा दु‘र्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

प्रतिक्रिया