पाेखरा, २८ बैशाख २०८३ ।
सुनसरीको धरानमा आइतबार दिउँसो छुरा प्रहारबाट एक युवकको हत्या भएको छ ।
आइतबार दिउँसो करिब १ः४५ बजे धरानमा धारिलो हतियार छुरा प्रहार गरी गम्भीर घाइते बनाइएका धरान उपमहानगरपालिका–१० बेलगाछी लाइन निवासी २७ वर्षीय भुजेलको विराटनगरस्थित विराट नर्सिङ होममा दिउँसो करिब ४ः३५ बजे उपचारका क्रममा मृत्यु भएको हो।
स्थानीय युवाबीच भएको आपसी विवादका क्रममा भुजेलमाथि आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए।
प्रहरीका अनुसार , दायाँ कुममा छुरा प्रहार गरिएका भुजेललाई शुरुमा उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम रेफर गरिएको थियो। त्यही उपचारकै क्रममा दिउँसो करिब ४ः३५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले बताएको छ। थिए ।
उक्त घटनामा धरान–१९ निवासी अन्दाजी २८ वर्षीय अर्जुन विश्वकर्मा संलग्न रहेको र हाल फरार रहेका उनको खोजी भैरहेको डिएसपी खड्काले बताए। सांकेतिक चित्र