बन्ने भो, फिल्म ‘मेयर साहेब’

बन्ने भो, फिल्म ‘मेयर साहेब’


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ९ असार २०८०
  • 4.1K
    Shares

बन्ने भो, फिल्म 'मेयर साहेब'

राजु गिरीको निर्देशनमा नेपाली सिनेमा ‘मेयर साहेब’ निर्माण हुने भएको छ ।

शुक्रबार निर्देशक गिरीले सिनेमाको टाइटल पोस्टर सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणा गरेका हुन् ।

अहिले सिनेमाको लागि कलाकार छनोटको काम भैरहेको छ । चाँडै सिनेमाको कास्ट एण्ड क्रिउको जानकारी दिने तयारी निर्माण टिमको छ । राजनितिक बिषयमाथि निर्माण हुने सिनेमाको हाल प्रि–प्रोडक्सन र कथा लेखनको काम भैरहेको छ ।

बिनिता फिल्मस्को प्रस्तुतिमा निर्माण हुने सिनेमामा बिनिता गुरुङ र मौषमी महर्जनको लगानी रहनेछ । सिनेमामा निर्देशक गिरीको कथा, भोजराज देवकोटाको पटकथा तथा संवाद र अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहनेछ । नारायण खाती सिनेमाका सह–निर्माता हुन् ।

निर्माता खाती प्रस्तुतकर्ता र निर्देशक राजु गिरीको निर्देशन रहेको सिनेमा ’नम्बरी सुन’ प्रदर्शनको तयारीमा छ । यो सिनेमा आगामी भाद्र १ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ ।

प्रतिक्रिया