कास्कीका प्रजिअ मैनालीको सरुवा, उनको ठाउँमा कास्कीकै तारानाथ अधिकारी

कास्कीका प्रजिअ मैनालीको सरुवा, उनको ठाउँमा कास्कीकै तारानाथ अधिकारी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २१ जेष्ठ २०७४
  • 11.6K
    Shares

गृह मन्त्रालयले कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको सरुवा गरेको छ । उनको ठाउँमा तारानाथ अधिकारी आउने भएका छन् । मैनाली मन्त्रालय सरुवा भएका हुन् । ९ जेठमा भएको गृहमन्त्रीस्तरीय निर्णय अनुसार तारा अधिकारीले कास्की सिडिओको जिम्मेवारी पाएका हुन् । तारा प्रधानमन्त्री कार्यालयमा थिए ।

लोकसेवा आयोगले आन्तरिकतर्फ लिएको सहसचिवको परीक्षामा तारानाथ सर्वाेकृष्ट भएका थियो । त्यही योग्यताको सूचीबाट उनलाई मन्त्रालयले कास्कीको जिम्मेवारी सुम्पेको हो ।

यसअघि २०६८ मा पनि उनले उपसचिवसमेत १ नम्बरमा नाम निकालेका थिए । अन्नपूर्ण गाउँपालिका—२ ढिकुरपोखरी कास्कीका स्थानीय बासिन्दा उनी २०६२ मा अधिकृत भएर निजामती सेवा प्रवेश गरेका थिए ।

तारानाथ यसअघि कास्कीमै १५ महिना स्थानीय विकास अधिकारी (एलडिओ) थिए । धनुषा र डडेल्धुराको एलडिओ, डोल्पाको सहायक सिडिओ भइसकेका तारानाथले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर गरेका छन् । नेपाल सरकारको छात्रवृत्तिमा ४० वर्षे उनले दक्षिण कोरियाबाट अर्थशास्त्रमा स्नातकोत्तर पनि गरेका हुन् ।

सिडिओ तारानाथले बुधबारदेखि कास्कीको जिम्मेवारी सम्हालेछन् । ‘तन, मन र बचनले जनताको सेवामा समर्पित हुनेछु,’ उनले समाधानसँग भने, ‘जनप्रतिनिधिसँग समन्वय गरेर काम गर्नेछु ।’ मुस्ताङ सिडिओमा रामचन्द्र तिवारी र पर्वतमा राजेश पन्थीले जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया