धर्मेन्द्र बास्तोला नेतृत्वको कम्युनिस्ट पार्टीको नाममा पोखराका होटलहरुमा चन्दा आतंक : धम्क्याउनेको मोबाइल नम्बर सार्वजनिक
धर्मेन्द्र बास्तोलाको पार्टीको नाममा केही आपराधिक प्रवृत्तिका लफंगाहरुले ९८५६०..६०२ नम्बरकाे मोबाइलबाट पाेखरा, लेकसाईडका व्यापारीहरुलाई तिम्रो होटल मापदण्डभित्र पर्दोरहेछ, अब हामी आएर तिम्रो होटलमा पार्टीको झण्डा गाड्छौं भन्दै तर्साउँदै पैसाको बार्गेनिङ गर्दै हिँडिरहेकाे समाचार प्राप्त भएको छ। यस्तो अपराधिक कृत्यबारे तत् पार्टीका कास्की इन्चार्ज अनन्तलाई भनिएको छ।
सम्बन्धित राजनीतिक पार्टी, प्रहरी प्रशासन, एबम् पर्यटन क्षेत्रसंग सम्बन्धित निकायहरुको ध्यानाकर्षण होओंस ।